Posted by: Nepe September 8, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
अन्तरेज्यू, परम्परागत छन्द (बहर) लाई गजलको अनिवार्य तत्व मान्नेमा म छैन । गेयात्मक वा गायनमैत्री प्रारुप, शेरहरुको संप्रभुता (sovereignty ) र काफिया-रदिफको अनुशासन, बस यत्ति भए बन्यो गजल । यस अर्थमा तपाईको गजललाई गजल नभन्ने कुरै आउँदैन । प्राविधिक कुराहरुको छलफलका लागि संभवत: गजलका धागाहरु नै उपयुक्त स्थान हुन् । अत: त्यतापट्टि नजाम । तपाईको गजलको एउटा झ्वाट्ट अनुभूति हुने पक्ष यसको सकारात्मकता र सुखानुभुति हो । गजल विधा अलब्ध/अनुपलब्ध प्रेमको शोकशास्त्रको रुपमा बदनाम विधा हो भने तपाईको गजल लब्ध प्रेमको सुखद किर्तनमा समर्पित छ । ज्याद्रै सुखद, सकारात्मक र प्रेरक । बधाई अनि अनगिन्ती शुभकामनाहरु । *** *** *** *** *** *** *** *** चित्रेज्यू, मीठा शब्दहरुको लागि कृतज्ञता है । चौतारीको चहलपहल र उन्नतिको श्रेय यसका सक्रिय औतारीहरुलाई नै जान्छ । चौतारीलाई माया गर्ने यसका सबै सक्रिय सदस्यहरुलाई लाई मेरो अभिवादन र प्रशंसा छ । Nepe
Read Full Discussion Thread for this article