Posted by: PallaGhareAntare September 8, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
"ज्यानमारा तिम्रो मुस्कान देखेपछि
मलाई मेरो तहसनहस याद आयो"

नेपे दाईको यो गजल पढ्ने शायद म पहिलो परें। दाईका अगाडि मैले गजलका कुरा गर्न अलि नसुहाउला। म परें चौतारीमा नयाँ र यी कविता गजलका बिधामा पनि।

दाईका आरम्भिक गजल नै उत्क्रिष्ठ छन अहिलेका त झन् कुरै भएन। मलाई भने चौतारीका केहि अघिल्ला संस्करणमा भउतेले गजलका प्रविधिक पक्ष बुझाका थे, पक्कै आभारी छु  र फेरि कोरौं भन्ने जमर्को गर्‍या हो अहिले। पढिदिनु भो भने नि धेरै हुन्छ मेरा लागि।

हुनत चौतारीका सबै साथीहरु एक से एक हुनुहुन्छ, म परें सिकारु। र पनि यो मेरो अलिकति बुझेर लेखेको पहिलो रचना राख्दैछु, गजल भो भन्न सक्ने क्षमता राख्दिन, यति लामा लामा शेरहरु त नहुनु पर्ने हो, त्यसैले मिलाएर पढिदिनुहुनेछ सबैले, हौसला बढ्नेछ भन्ने ठान्या छु।



हात बढाउँदा नि मैले अहो!, निर्धक्क थाम्न किन डर मान्यौ
सम्झियौ कठै घात अरुका, र त झस्केर मसंग 'नि डर मान्यौ

फकाउँदा 'नि दूर छैन उजेली, नयाँ बिहानी हेर त संघारमै छ
कहालिछौ कति रात एक्लै, र त अन्तिम 'नि पहिलो प्रहर मान्यौ

ढिलै भए 'नि प्रिय सग्लै आयौ, पर्खाई मेरो अब पुरा भो
अपनायौ बल्ल मलाई ह्रिदयले, र त आफ्नै झैं मेरा 'नि रहर मान्यौ

ठेश् लाग्ला कतै प्यारी तिमीलाई, काँढा बिझ्ला कि त पाऊमा
सुर्ताई रहें सँधै शायद, र त आँखै चिम्लिँदा 'नि मेरो भर मान्यौ

सुख दुख कति दियौ "अन्तरे", राखिनौ 'नि केहि हिसाब किताब
मायाँले भर्दिएँ पोल्टा तिम्रो, र त यो खण्डहर 'नि अहा! सहर मान्यौ
Last edited: 08-Sep-07 06:58 PM
Read Full Discussion Thread for this article