Posted by: Rahuldai September 7, 2007
Goat sacrificed to fix Nepal Airlines Jet
Login in to Rate this Post:     0       ?        
पहिलो कुरा आस्था पुज्ने हो, आस्था मा बिश्वास हुनेले गरे कसको टाउको यति बिघ्न दुख्न थाले। दोस्रो कुरो बलि दिएर कसैको घाटा कहाँ भएको छ? मेकानिकल, इलेक्ट्रिकल, अरोडायनामिक्स कहाँ बिग्रिन्छ? तेस्रो कुरा, कहिं कतै दुर्घटना या शंकटमा पर्नु भयो भने सबै भन्दा पहिला भगवानको नाम लिने तपाईं नै हुने छ। कतै न कतै मन भित्र त्यो सुपरपावर छ, जो हामीलाई मदत गर्दछ। यो बिश्वासमा क्रिस्चियन, मुस्लिम् लगायत सबै धर्मालम्बी चलेका छन्, हिन्दू र बौद्ध धर्म मान्नेले आकाश भैरब मान्यो, बली चढायो। के को टाउको दुख्यो? मनकामना जाने, भाकल गर्ने, पशु बली दिने अनि हवाई जहाजमा बली दियो भनेर खिस्सी गर्ने हिप्पोक्राटिक मनस्थिति बाहेक के त? हो, न गरेको भए नि केही बिग्रिन्नथ्यो होला। बली दिएर के बिग्रियो त भन्ने सवाल नि छ नि। कसो?
Read Full Discussion Thread for this article