Posted by: Gautam B. September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
बहिनीले अनुहार मलिनो पारेको भक्खर मात्रै देखेको हुम्। कस्तो नरमाईलो हुने गरी लेखिएछ! के गर्नु?! यस्तै छ संसारको हालचाल अचेल! नरोउ बा, अब पछिहुँदी खुशी हुने रमाईला कुरा पनि लेखौंला। सबैलाई जदौ! ए दादा, कहिलेको छ नि नेपालटारतिरको यात्रा? महोत्सव शुरु होला र पहिला चौतारीमै टाँसौंला भनेर अन्त कतै जान नदिई राखेको दुईटा नयाँ कथाले "हाम्लाई जता भे' नि खुल्ला छोड्दे!" भनेर हैरान पारिराख्या छन्। अहिल्यै खल्तीबाट हाम्फालेर भागौंलाझैँ गरिराख्या' छन्। अब भोलिचाहिँ शुरु होला नि, हैन? सधैं वायुपंखी वेगमा हिँड्ने चौतारी यहि बेलाँ आएर फेरि हात्तीझैं लस्किनुपर्नी?! अन्तरेले मेरो बेईज्जत ग-यो यो चौतारीमा! अब गाम्ले जति सप्पैले गोताएँ पातकी झ्वाईँखट्टेमा डुबेरै बस्दो र'छ उ बेलाँ भन्नी भए! गुहार! गुहार!! मेरो घोर बेइज्जत भो! घोर मात्रै हैन, घनघोर बेइज्जत भो! गुहार! गुहार!!
Read Full Discussion Thread for this article