Posted by: Rahuldai September 4, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
प्रशान्तलाई भोट को भन्दा को कम Author: रोशन साँबा प्रशान्तको पक्षमा एसएमएस गरेर जिताउने मन छ तर तपाईको गोजीमा एक पैसा पनि छैन । चिन्ता नलिनुस्, दार्जिलिङस्थित जिल्लाकै सबभन्दा ठूलो बीग बजार नामक मलमा बुधबार, वहीवार र शुक्रबारमध्ये कुनै एक दिन जानुस् र त्यहााको मञ्चमा कुनै एउटा गीत गाउनुस् । त्यसपछि प्रशान्तका लागि मलले तपाईको तर्फबाट टन्नै एसएमएस पठाइदिनेछ । उत्कट इच्छा भएर पनि एसएमएस गर्न नपाउनेको तर्फबाट पनि एसएमएस जाओस् भन्ने उद्देश्यले मलको तर्फबाट यस्तो शैली अपनाइएको अपरेशन प्रमुख अनुप सुव्वाले बताउनुभयो । उहााले भन्नुभयो, 'मलको मञ्चमा गएर गीत गाउने जो कसैको तर्फबाट हामी एक एपीसोडमा हरेकको नाममा चारसयदेखि सात सय वटासम्म एसएमएस गरिदिन्छौं ।' बीग बजार मलजस्तै दार्जिलिङ र सिक्किमा प्रशान्तको पक्षमा भोट सौजन्य गराउने नयाा नयाा शैलीहरु प्रयोग हुन थालेका छन् । सोनी टेलिभिजनले आयोजना गरेको इन्डियन आइडलको तेश्रो संस्करणमा प्रतिष्पर्धा गरिरहेको प्रशान्तको सफलतासागै भोट सौजन्य गराउनेहरुको संख्या पनि बढिरहेको छ । खर्साङबासीले 'प्रशान्त ?यान क्लव' गठन गरेर प्रशान्तलाई एसएमएस भोटका लागि आर्थिक संकलन गर्न साप्ताहिक चिट्ठा खेलाउन थालेका छन् । क्लवले मारुती भ्यान पुरस्कार राखेर प्रतिटिकट २० रुपैयााका दरले बिक्री गरेर चिट्ठा खेलाइरहेको छ । 'यो खेलबाट आएको नाफाबाट प्रशान्तलाई एसएमएस गर्छौं,' क्लवका सचिव प्रदिप प्रधानले भन्नुभयो । प्रशान्तको प्रचारप्रसारमा सहयोग पुर्‍याउन स्थानीय गायकद्वय सागर र किरणले भर्खरै 'लाखो दिलो के धड्कन' नामक अडियो/भिडियो एलबम बजारमा ल्याउनुभएको छ । एलबम बिक्रीबाट प्राप्त नाफालाई प्रशान्तको लागि एसएमएस भोट गर्न प्रयोग गरिने छ । उक्त एलबम अहिलेसम्म ३७ हजार प्रति बिक्री भइसकेको बताइएको छ । लप्चु-मोटर सिण्डिकेटका चालकहरुको समूहले हरेक अंकमा एसएमएस गर्न तीनदेखि चार हजार रुपैयाासम्मको रिचार्ज कार्ड निःशुल्क बााड्ने गरेको छ । यसैगरी अन्य दर्जनौ व्यक्तिले निःशुल्क रिचार्ज कार्ड वितरण गर्ने गर्दछन् । उता सिक्किम सरकारले गान्तोकमा चार वटा टेलिफोन बुथ प्रशान्तलाई भोट गर्नका लागि निःशुल्क गरिदिएको छ । ती बुथहरुबाट जोसुकैले शुक्रबार सााझ नौ बजेदेखि शनिवार विहान आठ बजेसम्म निःशुल्क भोट गर्न सक्नेछन् । 'प्रशान्तलाई दार्जिलिङबाट भन्दा बढी सिक्किमबाट भोट जाने गर्दछ,' दार्जिलिङ नगरपालिकाका पार्षद तेन्जीङ खाम्बोछेले बताउनुभयो । प्रशान्तलाई एसएमएस भोट गर्नका लागि विभिन्न क्षेत्रमा रहेको टेलिफोन बुथ शुक्रबार राति साढे एक बजेमात्र बन्द र बिहानै चार बजे नै खुल्न थालेको स्थानीय भास्कर थापाले बताउनुभयो । यसैगरी मिरिकस्थित कर्मण क्लबले प्रशान्तको सफलताको कामना गर्दै थर्बू मैदानमा तीन सातादेखि 'प्रशान्त आइडल टूफी' फूटबल प्रतियोगिता सञ्चालन गरिरहेको छ । प्रशान्तको सफलताका लागि दार्जिलिङ र सिक्किमका विभिन्न क्षेत्रमा र्‍याली, सभा र साास्कृतिक कार्यक्रमहरु त दिनहुाजसो भइरहेका छन् । यसैगरी हिमालय दर्पण नेपाली दैनिकका ज्ञानेन्द्र अर्यालको नेतृत्वको 'मिसन इण्डियन आइडल' टोली भारतको नयाा दिल्ली, मुम्वईलगायतका विभिन्न क्षेत्रमा घुम्दै प्रचार प्रसार गरिरहेको छ । 'त्यो टोली केहीदिन अघि देहरादुनमा थियो, अहिले हिमाञ्चल प्रदेशमा प्रचारप्रसार गरिरहेको छ,' हिमालय दर्पणका कार्यकारी सम्पादक विमल राईले बताउनुभयो । नेपालको इलाम, पााचथर, झापा, मोरङ, सुनसरी र काठमाडौंलगायतका क्षेत्रबाट प्रशान्तलाई एसएमएस गर्न हरेक शुक्रबार दार्जिलिङ आउने क्रम बढेको छ । चर्चित श्रृङ्गारक नील डेभिड कटुवालको नेतृत्वमा काठमाडौंबाट आएका बाबु बोगटी, राजेश घतानीलगायतका कलाकारको टोलीले चौरास्तामा यही शुक्रबार प्रशान्तको सफलताको कामना गर्दै सांगीतिक कार्यक्रम प्रस्तुत गरेको थियो । सोही अवसरमा नील डेभिडले प्रशान्तको परिवारलाई एसएमएस गर्न साढे सात हजार रुपैयाा सहयोग प्रदान गर्नुभयो । यसैगरी झापाको अस्त्र व्याण्डले पनि चार हजार रुपैयाा प्रदान गरेको छ । पााचथरको संगीत सुरमाला कला केन्द्र, सुनसरीको तामाङ घेदुङ संघलगायतको टोलीले पनि शुक्रबार दार्जिलिङ आएर एसएमएस भोट दिएको छ । दार्जिलिङ र सिक्किमका विभिन्न ठाउाबाट पनि अहिलेसम्ममा एक लाख रुपैयााभन्दा बढी सहयोग संकलन भएको नगर पार्षद खाम्पोछेले बताउनुभयो । इन्डियन आइडलको तेश्रो संस्करणमा उत्कृष्ट पााचबाट झारखण्डका मेयाङ चाङ बाहिरिएपछि दार्जिलिङ प्रशान्त तामाङ, कोलकाताका इमन चटर्जी, मेघालयका अमित पल र उत्तर प्रदेश -कानपुर) की अंकिता मिश्र उत्कृष्ट चारमा हुनुहुन्छ । click-dharan.com
Read Full Discussion Thread for this article