Posted by: MR_TRUTH September 3, 2007
बम कस्ले पडकायो?
Login in to Rate this Post:     0       ?        
यो पनि हेरम,

"सुन्धारामा भएको विस्फोटमा परी नेपाली सेनाका चतुरबहादुर नेपालीको दायाँ हात चुँडिएको छ। गठ्ठाघरस्थित ब्यारेकबाट चिठ्ठी लिएर सैनिक मुख्यालय आउँदै गरेका नेपाली घटनास्थल आइपुग्दा तीन जनाको समूहमा आएका व्यक्तिले बम राखेर भाग्नासाथ विस्फोट भएको प्रहरीले जनाएको छ।
तीन जनाको समूहमा रहेका ती व्यक्तिहरू र्सार्वजनिक बाटोमा बम राखेर सेतो मारुती टयाक्सी चढेर भागेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। विस्फोटमा परी घाइते भएका नेपालीको वीर अस्पतालमा उपचार हुन नसकेपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल लगिएको छ।"
-माहानगर

सत्याग्रहको निति पातलिदै गएको हामि सबैले आफ्नै आखाँले देखेको कुरा हो। यसमा पृथ्वी नारायणको इतिहास जस्तो बिवाद गर्नु परदैन । मर्न लागिसकेको आन्दोलनलाइ किन बमले ब्युँझाउनु पर्थो ? बरू बिरेन्द्रलाई आफ्नै घमण्डि खुट्टामा बन्चरो हान्नु थियो, डेढसयभन्दा बढि देशहरुले दिएको समर्थन "शान्ति क्षेत्र प्रस्ताव" माथि। त्यो बमबाट भारतलाई नै फाइदा भयो सर्मथन नदिनाका कारण । रामराजा उनै देशबाट सन्चालित भएको कुरा सबैको आँखाबाट छिपेको हैन । गनेशमान दुरदर्शि थिएनन, बाहादुर चै पक्कै हुन। जथाभाबि बोल्थे, गर्थ, त्यसैले उनमा निखारपना दियो। ०४७ सालमा उनलाइ कागतालि मात्र लागेका हुन, त्यो पनि कमनिष्टहरुको सहयोगबाट। उनले ०१८।०२३ सालमा पडकाएको बम इतिहासमा लुकाएर लुक्न सक्दैन । प्रचण्डको महाआतंकले कंग्रेशि आतकंबादलाइ स्यानो बनाए पनि गान्धिबादलाइ त्याग्ने , फेरि अपनाउनेको दोहरि नाटकहरुको मंचन धेरै पुरानो होइन । सम्बिधान सभाको प्रस्ताव त त्रिभुवनले नै राखेका थिए, ०१६ सालमा बि पि ले चुनाब जित्नासाथ कुन आफनो निजि स्वार्थले "स" भुलेका हुन? त्यसको बिश्लेशन कल्ले गर्ने हो ? ०४७ मा गणेशमानले "ब" भुले। उनि लउहपुरुष बने । सम्बिधान सभा राजा माथी मात्र प्रतिकुल‍ प्रभाव पर्ने या नेपालको सबै रोगहरुबाट मुक्त गरिदिने अमृत त होइन‍ नि ? यसलाइ हुन नदिने तत्वहरु समय समयमा भण्डाफोर हुदै आएका छन, हुदै जाने छन। यसमा राजा पनि पर्छन तर उनि मात्र घाटामा पर्ने केन्द्रबिन्दु हुनसक्दैन । तराइको आन्दोलनमा पनि उनकै हात भन्थे तर अहिले पटनामा बैठक गरेर देश टुक्रयाउने षडयन्त्रमा को को सहभागि थिए ? प्रष्ट भैसकेको छ । समय नै सबै कुरा हो, स्वप्न दोषमै स्खलित भएर आँखा खोलि रमाउनु रमाइलो भएपनि वास्ताविकताबाट त्यो धेरै टाढा हुन्छ।
Last edited: 03-Sep-07 10:31 PM
Last edited: 03-Sep-07 10:33 PM
Read Full Discussion Thread for this article