Posted by: world_map September 1, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
जन्मदिनको शुभकामना व्यक्त गर्ने सबैलाइ मुरी मुरी धन्यवाद!

मिस दिदी, त्यो नमेको कुखुरा मैले नै चोरेको हो, हा हा!मैले पकाएर खाइसकें! त्यसैले नमेको जन्मदिनमा अर्को कुखुरा उपहार दिन्छु बरू!

गालेकुमार, बूढो भइयो यार! खै कति वर्ष पुगें भन्नु? १० वर्ष अघि चैं १८ वर्ष थिएँ!

गोतामेज्यू, धन्यवाद है शुभकामनाको लागि।

ग्वाँचू बाजे, धन्यवाद, जरा कतिको खोतलिंदै छ नि?

यामे, के छ? बाटो नभा'को देशमा कतिको हिंडिदैछ?

रिठ्ठे, नेपाली युनिकोड चल्यो तिम्रो कम्फुटारमा? लु रमाइलो गरम् लामो सप्ताहन्तमा।

राहुलदाइ,
तपाइलाइ लाख लाख धन्यवाद
जीवन होस् तपाइको सधैं आवाद
छाइरहोस् हरदम सुख र समृद्धि
धन र सम्मानको भैरहोस् वृद्धि

हरी, नयाँ चौतारी र शुभकामनाको लागि धन्यवाद! चारदिने छुट्टी राम्ररी मनाऊ!

कुम्स पाट, के छ? तराइतिर कत्तिको गर्मी छ अहिले? लु घुमघाम गरेर रमाइलो गरम्।

पून्टेदाइ,
कुखुरी काँ
बासी केक खाँ
खोइ मेरो बासी केक?
पून्टेदाइले खानुभो
खोइ पून्टेदाइ?
क्याम्पिङ जानुभो
खोइ क्याम्पिङ साइट?
त्याँ पानी पर्यो
खोइ पानी?
हावाले उडायो
खोइ हावा?
लुऽऽऽक्यो!

सुन्तले,
तपाइको मादल बजाउनुभा'को गाना धेरै राम्रो लाग्यो। फेरी फेरी सुन्न पाम्।

सान्नानी,
बर्थ डेको पिलान केही छैन, घरै बस्यो, खायो, सुत्यो। अनि आर्ना भान्जीको के छ हालखबर? चित्रे पित्रे मामाको माया सुनाइदिनुहोला।

जिम्मी बूढा,
के गर्नु, बूढो भैयो, तर तपाइ भन्दा त तरूनै छु। हे हे!

बप्प्पू दाइ,
थाङ्कू!

दुर्गे भाउजू,
के छ? आज के मिस्ठान्न पकाउनुभा'छ? दाइ र बच्चीहरूलाइ नमस्ते भन्दिनुस् है!

ठूली र तिरूलाइ नि धन्यवाद, चौतारीबाहिरको शुभकामनाको लागि!

अरू सबै मनमनै शुभकामना दिनेलाइ नि धन्यवाद छ मेरो!

लु अब केक खाम, हिजोको सान बराजूको केकको फोटूकपी गरेर राखेको!

Last edited: 01-Sep-07 04:01 PM
Read Full Discussion Thread for this article