Posted by: gwanche August 31, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
बार्ताको आह्वानको समर्थन:

केही घण्टा पहिलादेखी एउटा नितान्त ब्यक्तिगत अनौपचारिक वार्तालापमा गरिएका कुराहरुको गलत व्याख्या गरेर चौतारी टाइम्स भन्ने पत्रीकामा आपत्तिजनक समाचार आएको र सो समाचारको खन्डन गर्दा चौतारीको स्वघोसित सरकारले कुखुरे कर्फ्यु लागाएर भाले लडाईं सुरु गरेको सर्बबिदित नै छ।
स्वघोसित चौतारी सरकारले कागले कान लाग्यो भन्दा कानै नछामी कागको पछी दौडिंदा मौकामा चौका हान्न पर्खेर बसेका बिभिन्न कुखुरा संगठनहरुले संबिधानसभाको चुनाव नै बिथोल्ने गरेर आन्दोलनको घोषणा गरेको कुरा पनि सुन्नमा आएको छ। यो संबेदनशिल अवस्थामा सबै जना मिलेर जानु पर्नेमा अझ केही स्वार्थी तत्वहरुले हुँदै नभएको काल्पनिक कथित कुखुरा चोर संगठनसँग हाम्रा सम्मानित मित्र श्री हरिलाई जोडेको र चौतारीका गाम्लेहरुलाई एक अर्कामा जुधाएर रमिता हेर्न खोजेमा हामी खेद प्रकट गर्दछौ।
हुन त पत्रिका बिकाउनको लागि गसिपहरु छाप्ने अस्तित्वहीन पत्रिकाले लेखेको समचार वा स्वघोसित सरकारले दिएको कर्फ्युको आदेस वा जनाधारहिन संगठनहरुले गरेको कथित आन्दोलनले हाम्रो चौतरि युवा समुहलाइ कुनै लछार पटार लाउन नसक्ने भएता पनि 'एकता नै बल हो' भन्ने उक्तिलाइ मूलमन्त्र मान्दै बिगतका तिता मीठा अनुभवहरुलाइ बिर्सिंदै, केहि समय पहिले श्री हरिले निकाल्नु भएको बिग्यप्तिलाइ पूण समर्थन गर्दै निसर्त बार्तामा आउन सम्बन्धित सबैलाइ फेरि पनि आह्वान गर्दछौ।
जय चौतरि!

चौतरि युवा समुह
Last edited: 31-Aug-07 05:02 PM
Read Full Discussion Thread for this article