Posted by: hetterika!! August 31, 2007
Login in to Rate this Post:
0
?
बार्ताको लागी आव्हान:
बिगतका केही घण्टामा चौतारीमा देखिएको अतिबादी गतिबिधीले सम्पूर्ण चौतारीवासीमा मर्का पर्न सक्ने कुरा सर्वबिदितै छ। यसरी स्वघोषित चौतारी सरकारका तर्फबाट तथाकथित कर्फ्यू जारी गरिएकोमा हामी खेद प्रकट गर्दछौं। हामीले सामान्य बिज्ञप्ती जारी गरी हाल भईरहेका षडयन्त्रका बारेमा जानाकारी दिदा उल्टै एकतर्फी कर्फ्यूको घोषणा गरिनुलाई हामी सर्वसाधारणको सुसुचित हुन पाउने अधिकारको घोर हनन भएको ठहर गर्दछौं। यस्तो निरंकुश प्रवृत्ति बिरुद्ध लड्न हमेशा तयार रहने कुरा जानाकारी गराउन चाहन्छौं। तैपनि चौतारीको मानमर्यादा कायम राख्नको लागी तथाकथित कर्फ्यूको घोषणा तुरुन्त फिर्ता लिने पूर्वशर्तमा वार्ताको लागी तयार रहने व्यहोरा यसै सुचना द्वारा जानाकारी गराईन्छ। जय चौतारी!!