Posted by: Birkhe_Maila August 31, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
युवाहरुमा पुरानो मानसिकता कायमै रहेको अवस्थामा अत्यन्त जरुरि सुचना!!!

बिगत केहि दिन देखि अखबार, रेडियो तथा टेलिविजनमा पटक पटक, चौतारि गाउँभरि फैलिएको कुखुरा चोरि र चोरिको कुखुरा खाँदा हुने असरको अन्धबिश्वासको बारेमा जानकारि दिइँदा पनि गाउँका बहुसंख्याक युवाहरुमा पुरानो मानसिकता कायमै भएको यथार्थ खुल्न आएको छ। केहि उचछ्रिंङ्खल, अतिचारि युवाहरुले त यस्ता सुचना र सावधानिमाथि नै प्रश्नचिन्ह खडा गर्दै बिँभिन्न अनर्गल, अतिरन्जित र भ्रामक बिज्ञप्ती समेत प्रकाशति गरेको कुरा तर्फ चौतारी सरकारको गम्भिर ध्यानाकर्षण भएको छ। चौतारी गाउँको शान्ति सुरक्षा, अमन चयन, सार्वभौमसत्ता, अखन्डता र गरिमालाई कायम गर्ने सिलसिलामा बाध्य भएर चौतारी गाउँमा यहि शुक्रवार बेलुकि ५:३० बजे देखि सोमवार बेलुकि ११:३० सम्म कुखुरे कर्फ्यू लगाइएको कुरा, प्रमुख चौतारी धागो अधिकारिको (प्रचौधाअ) कार्यलय बाट प्रकाशित सुचनामा उल्लेख गरिएको छ। उक्त सुचना प्रकाशित हुने बित्तिकै गाउँभरिका आ-आफ्नो कुखुरा कुखुरिहरुलाई सोमवार सम्म खोर मै थुन्नुहुन सम्पुर्ण चौतारी गाउँले समक्ष प्रचौधाअ अनुरोध गर्दछ।
धन्यवाद्!
Last edited: 31-Aug-07 03:32 PM
Read Full Discussion Thread for this article