Posted by: hetterika!! August 31, 2007
Login in to Rate this Post:
0
?
बिज्ञप्ती:
हालै मा चौतारीका दुई बिशिष्ट श्रेणीका ब्यक्तित्वहरु द्वारा कथित सूचना र अनुसन्धानका नाममा निकालिएका वक्तव्यहरु हामी जस्ता सप्ताहन्तको बेलामा साथीहरु जुटेर केही रमाईलो गरौं भन्ने भावना भएका यूवा पिंढीमाथी लक्षित भएको ठहर गरिएको छ। हामी सम्पूर्ण चौतारीवासी हरुसँग प्रष्ट पार्न चाहन्छौं कि पहिले कुनै बेलामा कहिले काहीं यसो एक दुई कुखुरा हात लाउने गरेको भएपनि, सोही बमोजिमको कारबाही स्वीकार गरीसकेको अवस्थामा हामी माथी यत्रो ठूलो अभियोग लगाईनु हाम्रो चरित्र हरण गर्ने षडयन्त्र मात्रै हो। हाम्रा मित्र श्री ग्वाँचे तथा म स्वयम को कुरा बाट पनि प्रष्ट हुन्छ कि हामीले कुनै कुखुरा चोर्ने योजना बनाएका पनि थिएनम र बनाउने पनि छैनौं। विशेष गरेर अहिले चौतारीमा अत्याधिक मात्रामा अनुदानदाताहरु जम्मा भएको अवस्थामा परेको खण्डमा उहाँहरुको अनुदानमा किनेरै पनि खान सक्ने स्थिती रहेकोले यहाँहरुलाई भ्रममा नपरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं। हामी यो पनि प्रष्ट पार्न चाहन्छौं कि हाम्रा बिरुद्ध जो सुकै लागेर जस्तो सुकै षडयन्त्रको ग्र्याण्ड डिजाईन गरेपनि हामी सफल हुन दिने छैनौं। धन्यबाद!!