Posted by: Rahuldai August 31, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        

साबधान!!!!!!!


चौतारिमा पटके कुखुरा चोरहरुको बिगबिगी।
चौतारी टाइम्सका संबादाता "भूलसुधार" ले जनाए अनुसार आजभोली चौतारी वरिपवरिका सातै गाउँमा पटके चोरहरुको बिगबिगी चलेको छ रे। चोर पनि कस्ता भन्या, पैसाका ठेली, जवान चेली होइन कि खोरको कुखुरा मात्र चोर्ने। त्यो भन्दा पनि रमाइलो पक्ष चाहिं चोरेर, मरमुर गरेर खाइवरि हड्डी भने त्यही खोरमा फालेर जाने रे।
यस्ता अनौठो खाले चोर भने योग्यताले देशै हाक्ने बिद्वान रैछन् रे। कमसे कम पनि स्नाककोत्तर गरेका र अधिकांश चोर महाशयहरु बिद्यावारिधी धारीहरु रैछन्। अनि शुक्रबार भयो कि ती बिद्वानहरुको बिकसित स्नायु तन्तुहरुमा हाल सम्म पत्ता लगाउन नसकिएको रसायन र जिवाणुको मिश्रण सक्रिय हुने देखिएको र सोही कारण कुखुरा चोर्ने र खाने अनौठो रोग लागेको हाम्रा संबादाता अगाडि लेख्छन्।

Last edited: 31-Aug-07 01:12 PM
Read Full Discussion Thread for this article