Posted by: gaalab August 31, 2007
~~चौतारी ७३~~
Login in to Rate this Post:     0       ?        
ओहो, ग्वाँच्स् ब्रो! क्यार्दै ओ!! जराको मुन्तिर अँझै कुन चैं वनस्पतिको डि एन ए हेर्दै हो? धेरै काम गर्यो भने माम खाने टाइम पनि हुँदैन, गाम चहार्ने फुर्सत पनि हुँदैन। यस्तै चाल हो भने आर्को चोटि न्युरोडमा भेट्दा पनि सिंगलै भेट्न पर्ला है!!!! :) त्यै भ'र धमाधम विदा लिन पर्च लिन पा' बेलाँ। चित्र्स् सोम! ब्रोले त चौतारीको बरियाँतक्रममा (कि मर्यादाक्रम हो?) आफ्नो नाम कान्छोमा पारेछौ केरे त नि! म भन्दा पनि तल!!! सर्टिपिकेटतिर जन्ममिति सच्यायौ कि क्या हो????? जापुनमा अहिले रात भइराछ। सारा जापुनीहरु निद्रादेवीको चरणकमलमा लमतन्नै लम्पसार पर्दै नाकका पोराबाट ठुला ठुला सास फेर्दै घुर्दै छन्। त्यै छ जापुनको हालखबर!!!! ल म पनि लागें। अस्तु:॥ आउँदै जाँदै गर्ने सबैलाई राम राम!!!
Read Full Discussion Thread for this article