Posted by: Rahuldai August 31, 2007
महंकाल भैरब
Login in to Rate this Post:     0       ?        
ImI जी, sangfroid जी, गोतामे गुरु अनि हुर्‍रे जी, सबै मा आभार। भगवान्, देब देबी मान्ने न मान्ने भन्ने कुरा आस्था र बिश्वास हो। आस्था छ मान्नुस्, छैन न मान्नुस्। हिन्दू र बौद्ध धर्मका मसिहाहरुले फेलोशिप स्कोलरशिप दिएर लोभ्याएर धर्म मान्न लगाउने ध्रिष्टता गर्दैन र गरेको छैन। अर्को कुरा नेपाल् भए शंकटा पनि गइन्थ्यो, महांकाल पनि गैन्थ्यो, अम्रिकामा के गर्ने भन्ने सवाल छ, त्यसमा झन सजिलो छ। मन्दिरमा लाइन बसेर ( झिल्के पहिरन सहित), पूजाथाली रंगाएर, धूप बालेर आस्थाको भगवान खुशी हुने होइन। त्यो त चाकडि गर्ने सनातन बानीको नमूना मात्र हो। आस्थाले पुज्ने हो। एकाग्र मनको आँखाले एकै छिन संझिनुस् त महांकाल------ आँखा अगाडि झल्झली आउने छ। त्यही को पुज्ने , पुछ्ने तरिका। लड्डु , पेडा र सोम रसमा देब रमाउदैन, केवल पूजारी रमाउंछन्। अस्तु।
Read Full Discussion Thread for this article