Posted by: shirish August 30, 2007
अमेरिकामा पनि नेपाली कांग्रेस कलह किन ?
Login in to Rate this Post:     0       ?        
कांग्रेस एकता र संविधानसभा अजिता अर्याल संविधानसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पनि राजनीतिक दलहरूले संविधानसभाका लागि आवश्यक रणनीति स्पष्ट पार्ने गरी गृहकार्य गर्न सकेको अवस्था आजका मितिसम्म देखिँदैन। नेकपा एमाले तुलनात्मकरूपमा संविधानसभा निर्वाचनको तयारीका लागि अग्रपंक्तिमा रहे पनि एकाएक माओवादीले विभिन्न माग अगाडि सारेर अन्यौल सिर्जना गरिदिएका छन्। अब त माओवादी मंसिरमा हुने संविधानसभा निर्वाचनलाई वैशाखमा सार्नुपर्ने तर्क राख्दै छन्। माओवादीको आन्दोलन संविधानसभालाई सुनिश्चित गराउनका लागि भनिए पनि अन्य दल त्यसलाई सहजरूपमा लिन तयार छैनन्। यसकारण सात दल माओवादीलाई आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरिरहेका छन्। अर्कोतर्फ स्वयम् गठबन्धन सरकारको नेतृत्व लिएको प्रमुख दल नेपाली कांग्रेसको संविधानसभाका लागि भएको तयारी चिप्लेकीरा शैलीमा रह्यो भन्ने धेरैको आरोप छ। नेपाली कांग्रेसले संविधानसभा निर्वाचनलाई कांग्रेस एकताको प्रस·मा लगेर जोडेको छ। अर्थात् कांग्रेस एकतालाई संविधानसभा निर्वाचनको स्पिरिड बनाएर अघि बढ्नुपर्दछ भन्ने कांग्रेसीको चाहना छ। कांग्रेस एकताको प्रस· लामो समयदेखि चर्चाको विषय भए पनि विभिन्न कारणले सम्भव हुन सकिरहेको छैन। कांग्रेसको एकतालाई विपक्षी राजनीतिक दलहरूले समेत गम्भीरतापूर्वक लिएको पाइन्छ। कांग्रेसको एकताबाट प्रजातान्त्रिक संस्कारको जगेर्ना हुने कुरामा धेरैको विश्वास छ। यसकारण प्रजातन्त्रवादी स्वदेशी-विदेशी शक्ति पनि कांग्रेस एकताको पक्षमा छन्। कांग्रेस एकताका लागि सर्वत्र कामना गरिए पनि दुई कांग्रेसका जिम्मेवार पक्ष एकीकरणका लागि गम्भीर हुन नसकेको कारण प्रजातन्त्रवादी र बीपीको आदर्श बोकेका आमकांग्रेसी दुःखी भएका छन्। एकताको सन्दर्भ, टुटेकोलाई जोड्ने विषय भएकाले एकीकरणबाट कमजोर बन्न पुगेको संस्था संगठित भई शक्तिशाली हुने कुरामा दुई मत छैन। तर एकता उद्देश्य, विचार र लक्ष्यमा समान भएकाकाबीच मात्र सम्भव हुन्छ। विभिन्न उद्देश्य, लक्ष्य र विचार भएकाकाबीच एकता बनाउने प्रयास गरियो भने उक्त एकताले जन्मँदै फुटको सम्भावना बोकेको हुन्छ। अर्कोतर्फ एकता संगठनलाई मजबुद र अनुशासित बनाउनका लागि गरिनुपर्दछ। यदि एकताका कारण नै संगठनमा धमिरो लाग्छ भने एकता झनै घातक हुन सक्छ। यसकारण कांग्रेसी एकतामा गम्भीर भएर सोच्नु आवश्यक छ। एउटै सिद्धान्त, एउटै आदर्श र एउटै लक्ष्य बोकेका कांग्रेस हिजो किन फुट्यो ? फुट्नुमा कसको के स्वार्थ थियो ? फुटाउनमा कसको के षड्यन्त्र थियो ? भन्नेजस्ता कुरामा विचार नपुर्‍याई एकताको अभियान मात्र अघि बढाउँदा एकता नै दुवै पार्टीका लागि घातक हुन सक्छ। यसकारण आज पनि कांग्रेस एकताको विषयमा गम्भीर भएर सोच्नुपर्ने अवस्था छ। विगतको कांग्रेसी राजनीतिक इतिहासको अध्ययन गर्दा कांग्रेसभित्रै अग्रगमन, प्रतिगमन र यथास्थितिवादको दबाबले मात्र सधैं चर्चा पाएको छैन, पार्टीमा हुने आन्तरिक द्वन्द्व र चलखेलले पनि उत्तिकै चर्चा पाउने गरेको छ। पार्टी-पार्टीबिचको संघर्ष र द्वन्द्वलाई बहुदलीय प्रणालीमा सामान्य मानिन्छ, तर भर्खर मात्र विकसित भएको पार्टीगत प्रणालीमा पार्टीहरु आन्तरिक रूपमा नै चोइटिनु वा चोइटिने हदसम्म पुग्नु ज्यादै दुर्भाग्यपूर्ण विषय हो, तर नेपालको पार्टीगत विशेषता नै यही बन्न पुगेको छ। हालै सम्पन्न माओवादीको पाँचौं विस्तारित बैठकमा समेत माओवादीलाई दुई वा तीन चिरामा विभाजन गर्ने खेल चलिरहेको छ भन्ने कुरा उठ्नुले यो तथ्यलाई अझ पुष्टि गरेको छ। हामीभित्र राजनीतिक संगठनका लागि इमानदारीताको अझै खाँचो छ। हामीले भुलेका छैनौं, पार्टीभित्रको अन्तरकलहका कारण २०५४ साल पुसमा पहिलो पटक राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजित भएको थियो। त्यसै गरी सोही वर्ष मुलुककै दोस्रो ठूलो पार्टीकोकपा एमाले पनि विभाजित हुन पुग्यो। विभाजनको कारण आमनिर्वाचनमा नेकपा एमालेले आफ्नो हातमा आइसकेको सम्भावित सत्ताको शक्तिबाट समेत वञ्चित हुनुपर्‍यो भने राप्रपाको प्रतिनिधित्व संसद्मा ज्यादै न्यून रह्यो। पार्टी सिद्धान्तबाट चलेको हुन्छ। पार्टीकोतृत्वका लागि दुई वा दुईभन्दा बढी समूह हुन्छन्, जसमा नेतृत्व लिन चाहनेले पार्टीको विकासका लागि छुट्टाछुट्टै नीति प्रस्ताव गर्दछन्। निर्वाचनपछि पार्टीभित्र अल्पमत र बहुमत पक्ष छुट्टिन्छन्। त्यसपछि बहुमतमा पुगेकाले अल्पमतकालाई आफ्नो विरोधी, प्रतिद्वन्द्वी सम्झन्छन् र हरतरहबाट उनको शक्ति क्षीण पार्ने कार्य गर्दछन्, जसको कारण अल्पमतको नेता कि त पार्टी विरोधी बन्न पुग्दछन् कि त नयाँ पार्टीको जन्मदाता। नेपालमा सैद्धान्तिक र नीतिगत राजनीतिभन्दा व्यक्तिगत राजनीतिक प्रभावका कारण विशुद्ध राजनीतिक संस्थाको विकास हुन सकरिहेको छैन्। यसो हुनुमा पितृसत्ता र जातीय भेदभाव संस्कारलाई मान्न सकिन्छ। कुनै पनि राजनीतिक दलमा पछाडि पारिएका जातिका मानिसको नेतृत्व हुन नसक्नु र आधा आकाश ढाकिएका महिलालाई पनि नेतृत्व तहमा नपुर्‍याउनुले यो अवस्थाको सिर्जना भइरहेको देखिन्छ। समावेशी र समानुपातिकको कुरा गरिरहेको आजको अवस्थामा कुनै पनि दलमा महिलाको राजनीतिक हैसियत उच्च र प्रभावकारी नहुनुले राजनीतिक भविष्य अझै अन्यौल बनेको छ। केवल सद्भावनाको अध्यक्ष आनन्दीदेवी रहेको अवस्थामा गौरव गर्ने आधार तयार भएको छैन। किनकि उहाँको राजनीतिक भूमिका कत्तिको नेतृत्वदायी बन्न सकेको छ, सबैले अध्ययन गरेकै विषय हो। विगतमा संसद्मा प्रतिनिधित्व गरेका आधारमा नेपालका प्रमुख राजनीतिक पार्टीको रूपमा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा र नेपाल सद्भावना पार्टीहरुलाई लिइन्थ्यो। हाल नयाँ शक्तिको रूपमा नेकपा माओवादी पनि उभिएको छ। संसदीय अभ्यासकालमा माओवादीबाहेकका यिनै पार्टीहरु मात्र सत्तामा पुगे। सत्तामा पुगेकै कारण यी पार्टीहर समय-समयमा फुटे। जसका कारण पार्टीभित्रको अन्तरकलह जनताका लागि नभई कुर्सीका लागि मात्र हो भन्ने जनता सोच्न बाध्य भए। विभाजनको चोट र पीडा भोगेका नेकपा एमाले यसअघि २०५८ फागुनमा नै एकीकृत भइसकेको छ भने राप्रपा पनि २०५६ साल माघमा नै एक भइसकेको थियो। शाही शासनको चलखेलबाट राप्रपा फेरि तीन चिरामा विभाजित भएको छ। राप्रपा, एमाले र सद्भावना पार्टीहरु विभाजित हुनु वा फुट्नुलाई स्वाभाविक मानिन्थ्यो। यी पार्टीहरुमा राजनीतिक परिपक्वता र लोकतान्त्रिक पद्धति नभएका कारण बहुमतकाले अल्पमतकालाई पेल्नु र पार्टी फुटाउनु स्वाभाविक हो भन्ने गरिन्थ्यो, तर नेपाली कांग्रेस कहिल्यै फुट्दैन, पार्टीभित्रको द्वन्द्व र असमझदारीलाई आन्तरिकरूपमा नै समाधान गरिन्छ भन्ने विश्वास नेपाली कांग्रेसलाई थियो। यसै कारण किसुनजीको पालामा जस्तोसुकै परिस्थिति विकसित हुँदासमेत पार्टी विभाजन भएन। उनले आफ्नै पार्टीभित्रबाट घात-अन्तर्घातको सामना गर्नुपर्‍यो। तर विडम्बना असोज १८ को भुमरीमा परेर नेपाली कांग्रेस पनि विभाजित भयो। नेकाको विभाजन शेरबहादुर देउवाले गर्नुभयो। उहाँले पार्टी मात्र विभाजन गर्नु भएन, प्रतिनिधिसभासमेत भंग गरी मुलुकमा जबर्जस्ती सड्ढटकाल लम्ब्याउनुभयो। कुनै हालतमा सम्पन्न हुन नसक्ने निर्वाचन गर्छु भनी तत्कालीन संविधानको धारा १२७ को समेत प्रयोगका लागि राजामा सिफारिस चढाउनुभयो। उहाँले प्रजातान्त्रिक अभ्यासमा यति खाल्डो खन्नुभयो जसमा नेपाली कांग्रेस मात्र होइन सम्पूर्ण संसदीय अभ्यास नै जाकियो र असोज १८ गते उहाँ स्वयम् राजाबाट अक्षम घोषित भई अपदस्थ हुन पुग्नुभयो। परिणामस्वरूप ०४७ सालको संविधान र संसदीय पद्धति नै समाप्त भयो। सौभाग्यले आज नयाँ नेपाल बनाउने अभिभारा राजनीतिक दलहरूले प्राप्त गरेका छन्। तर आफ्नो राजनीतिक संस्कारमा सुधार नगरी नयाँ नेपालको भविष्य कोर्ने धृष्टता गरियो भने संविधानसभा नै असफल भई मुलुकको भविष्य अन्धकार बन्ने लक्षण पनि त्यत्तिकै देखा परिरहेका छन्। यसकारण विगतका राजनीतिक दलका कमी-कमजोरीलाई सच्याउनु अति आवश्यक छ। नेपाली कांग्रेस एकीकरणको प्रस·लाई नै चर्चा गर्दा, विगतमा शाही कदमविरुद्ध संसद्वादी राजनीतिक दलहरूले छेडेको आन्दोलनमा अन्य दलको अनुरोधलाई समेत लत्याएर नेका प्रजातान्त्रिकलाई आन्दोलनको सहयात्रीसम्म बनाउन नचाहने नेपाली कांग्रेस अन्ततः नेकपा माओवादीसँग समेत सहकार्य गर्न बाध्य भयो। आठ दलको गठबन्धनको विकासबाट नै १२बुँदे सहमति निर्माण भएको हो। यही सहमतिको आडमा मुलुकमा जनआन्दोलन-२ सफल भई राजसंस्थाले घुँडा टेक्न बाध्य भएका कारण मुलुक आज आमूल परिवर्तनको संघारमा छ। आज हामी संविधानसभाबाट नयाँ संविधान निर्माण गरी राज्य पुनर्संरचना गर्न अघि बढिरहेका छौं। यो अवस्थामा आगामी मंसिर ६ लाई निर्वाचनका मिति घोषणा गरिएको छ। माओवादी अन्तरिम सरकार र व्यवस्थापिका-संसद्मा आइपुगेपछि मुलुकमा कम्युनिस्टहरूको प्रतिशत बढेको छ। नेपालमा जनवादी गणतन्त्र घोषणा हुने अवस्था पनि प्रबल बन्दै गइरहेको छ। यस अवस्थामा कांग्रेसको एकताबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापित हुने कुरामा आशा गर्न सकिने भएको कारण लोकतान्त्रिक संस्कारको विकासको लागि पनि कांग्रेस एकता अपरिहार्य भएको छ। माथि नै भनियो, कांग्रेस एकता नेपाली राजनीतिले मात्र चाहेको कुरा नभई प्रजातन्त्रवादी विश्वसमुदायले पनि चाहेको कुरा हो। यसै कारण हालै अमेरिकी राजदूत पावेलले कांग्रेस एकतामा चासो देखाउनुभएको छ। तर एकता प्रयास असफल वा ढिलो हुँदै गइरहेको छ। एकताको प्रस· जति उठाए पनि दुवै पार्टीका केन्द्रदेखि गाउँस्तरसम्मका संरचनाले त्याग र र्समर्पणको साहस खोजिरहेको छ। दुवै पार्टीका जिल्लास्तरका नेताहरूमा देखिएको नेतृत्वको चाहनाले एकता प्रस· प्रायः तुहिने अवस्थामा पुगेको छ। नेपाली कांग्रेस एकीकरणबेगर संविधानसभा निर्वाचनका लागि तयार हुन नसक्नेजस्तो भान भइरहेको अवस्थामा कांग्रेस एकताको प्रस·लाई थाती राखेर सहकार्यको नीति अवलम्बन गर्नु नितान्त आवश्यक भइसकेको छ। अर्थात् कांग्रेस एकीकरण नभएको खण्डमा संविधानसभामा नै नजानेजस्तो गरी कांग्रेस प्रस्तुत हुनु हुँदैन। लोकतान्त्रिक संस्कारको विकासका लागि दुई कांग्रेसले विशेष नीति अपनाउनु आवश्यक छ। जसका लागि पहिलो प्रयास एउटा कांग्रेसको राजनीतिक प्रतिस्पर्धी दोस्रो कांग्रेस कदापि बन्नु हुँदैन भन्ने हुनुपर्दछ। सहमतिमा दुई कांग्रेसले संविधानसभाका लागि उम्मेदवारी तय गरेमा समेत कांग्रेसी एकताको प्रतिफल प्राप्त गर्न सकिने भएकाले गम्भीर भएर सोच्ने बेला आइसकेको छ। दुई कांग्रेस राज्य संरचना र राज्य व्यवस्थाको सम्बन्धमा आफ्नो स्पष्ट नीति तय गरेर जनतामा जान जति दिन ढिलो गर्दछन् लोकतान्त्रिक संस्कार त्यति नै कमजोर हुनेछ। यो हेक्का कांग्रेसी नेता गिरिजाप्रसाद समूह र शेरबहादुर समूहले राख्नु जरुरी छ। संस्थापना पक्षको अस्पष्ट धारणाका कारण नेपाली कांग्रेसभित्रका लोकतान्त्रिक गणराज्य धारका नेता तथा कार्यकर्ताले आफ्नो तर्फबाट छुट्टै घोषणापत्र तयार गरेका कारण नेपाली कांग्रेसभित्र अर्को विभाजनको चिरा देखापरेको मान्न सकिन्छ। बेलामा नै नसोच्ने हो भने राजदरबार छाडेर नागार्जुन पुगेका भनिएका राजा कुनै पनि क्षण सिंहदरबार प्रवेश नगर्लान् भन्न सकिन्न। यसकारण संविधानसभाका लागि नेपाली कांग्रेसले आफ्नो स्पष्ट धारणा अगाडि ल्याउन ढिलो भइसकेको छ। देश भासियो भने सबैले नेपाली कांग्रेसलाई नै दोषी ठहर्‍याउनेछन्। यसकारण नेपाली कांग्रेसले लिने उचित निर्णय नेपाली कांग्रेस पक्षधरको हितमा मात्र नभई समग्र मुलुकको हितमा हुनेछ। http://newsofnepal.com/kps/fullnews.php?serialno=15132&sec=41&ssc=54
Read Full Discussion Thread for this article