Posted by: Rahuldai August 30, 2007
Login in to Rate this Post:
0
?
रितेन जी,
हो महांकाल भैरब हामी हिन्दू र बौद्ध मार्गी दुबैले श्रद्धापूर्बक मान्छौ। म आफै पनि बौद्धमार्गी हुं। पद्मसंभव हुन् भन्ने बारे सुनेको छु तर त्यसको आधिकारिक कथा मलाई थाहा भएन। मैले त उक्त आकाशबाट झरेको शिलालाई संरक्षण गर्ने काम् गर्दा, महांकालका पूजारीबाट सुनेको र उनले लेखेको पढेको हुं।
हुन सक्छ, आकाशबाट झरेको space alien तर मलाई जहाँ सम्म लाग्छ मूर्तिको असली स्वरुप् त्यस्तो छैन। हो मुकुट लगाएको, खड्ग बोकेकओ, गढा बोकेको अनि पात्र बोकेको मूर्ति नै हो। पछि भक्तजनहरुले चाकडि गर्ने सिलसिलामा आँखामा चाँदिको नेत्र लगाउने, चाँदिको मुकुट र पात्र ( जो मेरा पिताजीले बनाउनु भएको थियो) अनि रंगरोगन आदिले गर्दा त्यस्तो astronaut जस्तो देखिएको हो।
आज भोलि त बिदेशी सोमरस पिउन थाले छ, त्यही भएर नि फुलेको देखिएको हो कि? ( जोक गरेको मात्र)।