Posted by: Rahuldai August 29, 2007
Login in to Rate this Post:
0
?
आजको गाइजात्रे समाचार्।
१। हिजो जनै पूर्णिमाको उपलक्षमा क्वाति को मात्रा न पुगेर अमेरिका बा बस्ने बुज्रुक नेपालीहरुले जनै फालेर, जनै बालेर एतिहासिक प्रदर्शन।
२- चौतारिका वरिष्ठ तर सबैकी बहिनी ठुलीले हुने खाने जागिर छोडेर तरकारी ब्यापारमा अपार नाफा छ भनेर डी सी छेउको तरकारी बजारमा नया स्टल खोल्नु भएको सुखद समाचार् प्राप्त भएको छ। सो स्टल उद्घाटनको लागी पाल्नु भएका प्रमुक्ख अतिथी जिम्माल बा र अन्य बिच हातहाला हाल हुंदा बुढाको जनै चुँडिएकोले केही नराम्रो घट्ना नेपालमा घट्न सक्ने वा बढ्न सक्ने अनुमान गरिएको छ।
३- यतिकै मा हालै मात्र चौतारी आइडोल जित्नु भएका मदनवाले ठुली को तरकारी दुकान् न हाटाए अनशन बस्ने एलान् गर्नु गर्नु भयो। उहाँ भन्नु हुन्छ" सला, त्यो सब्जि वब्जीका बिजिनेस जो छ, त्यो हम्रो खान्दानी पेशा हो" गना गाउनुस्, चना खानुस् तर सब्जि हमिले मात्र बेच्छ। गाँु देहात्, गल्लि चोक मा सला हम्रो बिरादरी दिन् रात आलु गोबी भन्टा बेचि लिन्छ, शहरमे ठुली? यो त हमरी जातिय स्वतन्त्र माथी आट्याक् हो हजुर्"।