Posted by: shirish August 28, 2007
अमेरिकामा पनि नेपाली कांग्रेस कलह किन ?
Login in to Rate this Post:     0       ?        
अमेरिकामा पनि नेपाली कांग्रेस कलह किन ? लेखनाथ भण्डारी वासिङटन डीसी, अगस्ट २८ कनेटिकेटको हार्टफोर्डमा नेपाली जनसम्पर्क समितिको सेप्टेम्बर २, २००७ मा हुने ऐतिहासिक पहिलो अधिवेशनमा सहभागी नेपाली काँग्रेसको आदर्श र सिद्धान्तप्रति विश्वास तथा आस्था राख्ने सम्पूर्ण प्रजातन्त्र एवं लोकतन्त्रवादीहरुलाई आह्वान http://nepalipost.com/nepali/notice.php?ntid=98 गरिएको सुचनासंगै अहिले अमेरिकाका नेपाली संचार माध्यामहरुमा यसै सम्मेलनलाई बहिस्कार गरौं http://www.nepalinewsusa.com/nep%201.html भन्ने सम्मका सुचना सार्वजनिक भएका छन । भारत प्रवाशमा बस्दा नेपाली काँग्रेसका संस्थापक नेता बि.पी. कोइरालाको अगुवाईमा सन् १९७५ मा गठन भएको नेपाली जनसर्म्पर्क समितीलाई नै अनुसरण गर्दै भारत वाहेकका अन्य देशमा वस्ने नेपाली काँग्रेस प्रति आस्था राख्ने नेपालीहरुले पनि नेपाली जनसर्म्पर्क समितीका नाममा आ -आफ्ना गतिविधि गर्दै आइरहेका छन। यो भन्दा पहिले नेपाली कांग्रेशको हङकङमा आधीकारीक शाखा प्रवाशी संघ रहेको थियो । तर नेकाको ११ औं महाधिबेशन पछी भने पार्टिका संस्थापक नेता कोईरालाको सेमत आदर्शलाई स्मरण गर्दै नेपाल बाहिरका नेपाली कांग्रेश आबद्ध संगठनहरुलाई नेपाली जन संपर्क समितिको नाममा स्थापना गर्ने मान्यता दिएको थियो। त्यस पछी भारत,बेलायत,जापान र युरोपका बिभिन्न राज्यहरु ( जर्मन,बेल्जियम र फ्रान्स आदि) मा यस्ता समितिहरु गठन भईसकेका छन। यसै विच २ बर्ष पहिले देखि अमेरिकामा औपचारिक अभियान शुरु गर्न लागेको यो समितिमा नजन्मदै जुँगाको लर्डाईँ शुरु भएको खास गरि ब्यक्ति भन्दा प्रजातन्त्रप्रति चासो र चिन्ता गर्ने नेपाली काँग्रेस र्समर्थकहरुको गुनासो छ । पटक पटकका तयारी र स्थगन पछि पछिल्लो पटक २९ जुलाईको खगेन्द्र जीसी , मृदुला कोइराला, आनन्द विष्ट, सुरेन्द्र देवकोटा र कृष्ण लामिछानेको संयुंक्त मिटिङ्गले तय गरेको आसन्न अधिवेशन र्सवसम्मती र एकताको अधिवेशन भएको तयारीमा जुटेका मानिसहरुको भनाई छ । नेपाली जनसर्म्पर्क समितिको अधिवेशनको तयारी सम्बन्धमा कुनै विवाद नभएको तथा यो र्सवसम्मतीबाटै तय भएको मिति र स्थान भएको दावी अधिबेशन तयारी समितीका सदस्य कृष्ण लामिछानेको छ । अर्को तिर अधिवेशन तयारीको तत्काल स्थगन र स्थान परिवर्तन गरिनुपर्छ भन्ने पक्षका नेपाली काँग्रेस र्समर्थकहरुको भनाई अनुसार अहिलेको अधिवेशन तयारी समितिमा रहेकाहरु एकपक्षीय रुपमा नेपाली काँग्रेसको राजनीतिमा नदेखिएकाहरुको स्वार्थ र पक्षमा हुँदैछ । तर यो आरोप र तर्कलाई पूर्णत झुठो भएको वताउदै अधिवेशन तयारीमा जुटेकाहरु भन्छन, यो भन्दा पहिले ३-३ पटक अधिवेशन स्थगन भैसकेका छन् । त्यसरी एकपछि अर्को पटक सर्दै र विवादमा रहदै आएका सवै पक्षका प्रतिनिधीहरु विच नेपाली काग्रेस केन्द्रीय विशेष क्षेत्र प्रतिनिधी त्रैलोक्य प्रताप सेन र यस अघि पार्टी निर्देशनमा यो वा त्यो आधिकारिक समिती भन्ने पत्र लेख्दै आएका नेपाली काग्रेस केन्द्रीय सचिवालयका सचिव शोभाकर पराजुली समेतको मध्यस्ततामा ५ जनाको सहमतिमा तय भएको अधिवेशन समयमै सम्पन्न गरिनु पर्ने तयारी समितीका सदस्य शिवप्रकाश पौडेल वताउँदछन् । नेपाली जनसर्म्पर्क समितीका उत्तर अमेरिकाका नाममा २ बर्षपहिले सुरेन्द्र देवकोटाको अध्यक्षतामा एक संस्था दर्ता भएको थियो । तर त्यो संस्था जन्मन पहिले ६-७ बर्षपहिले देखिनै अमेरिकामा जे जती नेपाली काँग्रेसको राजनीतिसंग सम्बन्धित गतिविधि हुन्थे ती सबै आनन्द विष्टको अगुवाईमा नै हुदै आएकाले त्यो वेलासम्म याँहा कुनै संस्था र ब्यक्तिको अस्तित्व नभएको अवस्थामा एकाएक संस्था दर्ता गरिएको न्युयोर्कवाट नेपाली न्युज युएसए इन्टरनेट पत्रिका संचालन गर्दै आएका वेद खरेल बताउँदछन । खरेल थप भन्छन, पार्टिले पनि विष्टकै नेतृत्वलाई आधिकारीक भएको मान्यता दिएको हो । पार्टिले विवादको अन्त्य गर्न दुबै समितीलाई मिलाएर लैजान खगेन्द्र जीसीको संयोजकत्वमा समिती पनि गठन गरेको हो । तर त्यो समितीले तय गरेको अधिवेशन आयोजक समितीका सदस्यहरुकै राजिनामाका कारण स्थगित भयो। तर अहिले अचानक आनन्द विष्ट नेपाल गएको अवस्थामा हुन लागेकोले पनि यो षडयन्त्र मुलक र एक पक्षिय भएकाले यो स्थगित गरिन पर्ने खरेल बताउँछन । खरेलका अनुसार आसन्न नेपालीहरुको पर्व दशै तिहार र संबिधान सभाको चुनाव पछि समितीको अधिवेशन सम्पन्न गरिन उपयुक्त हुन्छ , जुन वेला विष्ट पनि नेपालबाट फर्केर आउनेछन । यहि कुरा डिसीबाट डीसी नेपाल अनलाइन पत्रिका संचालन गर्दै आएका रामहरी सुवेदी वताउँछन । सुवेदी तयारी समिती एक पक्षिय रुपमा गइरहेको र ६०० जनाले अहिलेको समयमा अधिवेशन स्थगित हुन पर्छ भनेर दिएको संयुँक्त वक्तब्य प्रति कुनै ध्यान नदिएको, अनावश्यक प्रचारवाजीमा लागेको, आनन्द विष्ट नेपाल गएको र वाल्टीमोरमा गर्ने भनेको तर अन्तत गुटगत गतिविधिका कारण त्याहाँ नगरिएको दावी गर्छन । सुवेदी थप भन्छन, टेक्सासमा नगर्ने भनेर १०० जनाले भन्दा हुने तर अहिले ६०० जनाले भन्द पनि नहुने त्यसमा पनि आनन्द विष्ट जस्तो एउटा ब्यक्ति नभै सँस्था वा नेतृत्व नै नभएको अवस्थामा हतारमा षडयन्त्रमुलक रुपले हुन लागेको यो अधिवेशन स्थगित गरि उपयुक्त समयमा सबैलाई समेटेर वहुमतको निर्णय आधारमा गरिन पर्छ । बहुमतको असहमतीलाई आप-नो र्समर्थन र सहयोग भएको सुवेदीको मत छ । अधिवेशन तयारीका लागि नेपाली काग्रेस तथा अमेरिका स्थित समितिहरुका तर्फाट संयोजक वनाउनु भएका खगेन्द्र जि सी उत्पन्न सवै विवादको अन्त्य र समस्या समाधानका लागि नै अधिवेशन गर्न लागिएकोले त्यसमा सहभागी हुन सम्बन्धित सबैलाई अनुरोध गर्नुहुन्छ । खासगरि नेपाली काग्रेसको निर्देशन, नेपालबाट आउनु भएका शोभाकर पराजुली (केन्द्रीय सचिवालयका सचिव) र स्थानिय ५ जना प्रतिनिधिहरुको सहमती र समझदारीमा तय भएको अधिवेशनका सम्बन्धमा अहिले आएर असंन्तुष्ट पक्षले संविधानसभाको निर्वाचन, दशै तिहारको पुर्वसन्ध्या, अधिवेशन स्थल, समितिको नाम, सवैलाई समेट्न नसकिएको र आनन्द विष्टको अनुपस्थितीलाई नै मुख्य मुध्दा वनाएको देखिन्छ । यसै सम्बन्धमा चर्चा गर्दै संयोजक जीसी स्पष्ट पार्ने प्रयास गर्दै भन्नुहुन्छ, अन्य मुध्दाहरुको सान्दर्भिकता र महत्वका सम्बन्धमा म चर्चा गर्दिन । किनकी यि कस्ता मुध्दा हुन भनेर आमा मा निसले सजिलै अनुमान गर्न सक्छन।तर आनन्द विष्ट समेतको उपस्थिति र सहमतीमा ताकिएको मितिमा अधिवेशन गर्ने तयारी भएको हो । विष्ट नेपाल जानु भएको अवस्थामा उहाँको नाममा गुटगत राजनीति ,पर्सनल इगो र अहम परदर्शन गर्न खोजिएको छ । त्यो पनि कसले काँहाबाट गरिरहेको छ थाहा छैन । अधिबेशनको औचित्यमाथि प्रकाश पार्दै जिसी थप भन्नु हुन्छ, हामि सवैलाई थाहा छ, यो काम कसैको निजी स्वार्थमा नभएर नेपालको प्रजातन्त्र, शान्ती र नेपाली काँग्रेसको आदर्शमा टेवा पुरयाउन गरिएको हो । एक माघले जाडो जादैन। आनन्द जो नेपाली काँग्रेसको आदर्श प्रति निष्ठावान कार्यकर्ता हुनुहुन्छ, उहाँको चरित्र र भविष्यलाई दाउमा राखेर गरिएका यस्ता गतिविधिले कसैलाई राम्रो गर्दैन । हामी तोकिएको मिती र स्थानमा अधिवेशन गरेर नयाँ पुस्तालाई नेतृत्व र जिम्मेदारी दिन तयार छौ । त्यसैले प्रजातन्त्र, शान्ती र नेकाप्रति आस्थावान साथीहरुले अधिवेशनमा भाग लिनु हुनेछ र अहिलेसम्म ४ सय जना सहभागी हुने तय भइसकेको छ । अधिवेशनले कसैलाई पाखा र काखा गर्नका लागि नगरिएको दावी गर्दै सवै दृष्टिकोणले तुलानात्मकरुपमा उपयूक्त ठानिएको स्थानमा गर्न लागिएको वताउदै संयोजक जि सी जोड दिनुहुन्छ, मन नपरेपछि जेकुराको विरोध र खण्डन गर्न सकिन्छ । अलिकती पनि रचनात्मक र दिर्घकालिन काम गरेर देखाउन सक्नु ठुलो चुनौती हो। सेम्टेम्वर २ तारिक ९ बजे विहानीसम्मलाई सदस्यता खुला गरिएको र समितिको नाम समेत पार्टिको र्देशन र स्थानिय सहमतीमा जन सर्म्पर्क समिति इन अमेरिका गरिएको संयोजक जिसी जानकारी दिनुहुन्छ । बतासे बक्तव्यवाजी मात्र हो अधिवेशन तयारी समितिकै सदस्य मृदुला कोइराला विवाद के र के का लागि भनेर आफुले बुझ्न नसकेको वताउनु हुन्छ । पार्टिले तोकेको जिम्मेदारी समयमै पुरा गर्नु पर्ने दायित्व आफुहरुले निर्वाह गरेको र यस्लाई व्यक्ति विशेषको स्वार्थको भन्दा पनि संस्थाको कामका रुपमा लिनु पर्ने उहाँको धारणा छ । स्थानीय तथा पार्टिको छनौट (सिफारिशमा ) मा रहेका ५ सदस्य वीच सहमतीमा सेप्टेम्वर २ मा अधिवेशन गर्ने भएको उल्लेख गर्दै कोइराला वताउनु हुन्छ, विरोधमा वक्तव्य निकालिएका नामहरुमा केहि वाहेक अधिकांशको कुनै पहिचान नभएकोले पनि यो नेपाली काँग्रेसको संगठन विस्तारलाई विथोल्ने षडयन्त्र हो । आपसी मनमुटाव भएका भए ती सवै बिर्सेंर अगाडि कसरी वढ्ने भन्ने सम्बन्धमा प्रतिवध्दता जनाउदै ५ जनाको वैठक पछि गरिएको निर्णयलाई आनन्द विष्टले अरु भाईसाथीको दवावमा आएर म नेपाल जान लागेका वेला नगरेको भए पनि हुने थियो भनेर भन्न नहुने उहाँको तर्क छ । बिष्ट आफुले तेसो भनेर नेपालमा गएर आफ्नो घर-परिवार्संग रमाइलो गरेर बसिरहेका छन भने यहाँ भने उन्का नाममा जथाभाबी बतासे बक्तब्यबाजी भएको बताउँदै कोईराला थप्नु हुन्छ,यो अधिबेशन पार्टिको निर्देशनमा हुन लागेको पार्टिको आधिकारिक समितिको निर्णय हो। त्यसरी एक पछि अर्को विवाद निकालेर अधिवेशन सार्ने हो भने कहिल्यै हुन नसक्ने उहाँको धारणा छ । एक-दुई जना ब्यक्तिको अनुकुलता लाई मात्रा हेर्ने हो भने यस्ता कुनै संस्थाको काम हुन्न। समितिको अधिबेशनप्रती अमेरिकामा रहेका प्रजातन्त्र , शान्ती र नेपाली कांग्रेशप्रती आस्थावान साथीहरुले उत्साहजनक प्रतिक्षा गरिरहेको बताउंदै डा सुरेन्द्रराज देवकोटा थप भन्नु हुन्छ, अहिले जनसंपर्क समितिको संगठनलाई बिस्तार हुन नदिन नेपाली काँग्रेशका नाममा फाईदा लीईरहेकाहरु संगठित रुपमा लागेको रहस्य खुल्दै गएको छ। अधिबेशनको बिरोधमा बक्तब्य निकाल्ल्नेहरुको चर्चा गर्दै देवकोटा भन्नु हुन्छ, मेरो आफ्नै श्रीमतीको नाम लगायतको नाम समाबेश गरेर अधिबेशनलाई भाँड्ने बक्तब्य निकालिएको र त्यसरी नै कतिपय नक्कली नाम राखिएको तथा कतिपय साथीहरुको नाम राखेर भ्रम फैलाउन खोजिएको,त्यसरी नाम राखिएका साथीहरुले मेरो नाम किन भनेर सोध्दा यो तेरो नाम के प्रमाण छ भनेर उल्टो कुतर्क गरेको देवकोटा बताउनु हुन्छ। नेपाल बाहिर नेपालीहरुलाई संगठित गर्ने प्रयासलाई सबै मिलेर सघाउनु पर्ने र आपसै बिवादलाई प्रजातान्त्रिक तरिकाले समाधान गर्नु पर्ने कुरा पेमानीमामा शेर्पा बताउनु हुन्छ। अहिलेको समितिको बिवादलाई नेपाली राजनीतिको मपाईं चरित्र भएको बताउँदै शेर्पा भन्नु हुन्छ,यो चरित्र म नै जान्ने र म नै सर्बश्रेस्ठ हुँ भन्ने भएकोले यो चरित्र त्यग्नु पर्ने बताउनु हुन्छ । आफु नेपालको प्रजान्त्र र शान्तिको लागि अधिबेशनमा सहभागी हुने र कुनै पनि पदको लागि आफ्नो दाबी नराख्ने शेर्पाले स्पष्ट पार्नु भयो। आफु बिवादमा संलग्न पनि नरहेको र सबै संगठित भएर जानु पर्ने राजेश पण्डित बताउनु हुन्छ। अधिबेशन हतारमा गर्नु सट्टा बहुमतको सहमतिको आधारमा गरिनु पर्ने उहाँको धारणा छ। अहिलेको जनसंपर्क समितिको हल्ला पिटाइएको अधिबेशन बिवाद समाधान नभै एकपक्षिय रुपमा हुन लागेकोले अहिले हुन हुन्न भन्ने आफ्नो धारणा रहेको गौतम दाहाल बताउँछन। अधिबेशनका लागि ५ जनाको पनि सहमती नभएको ( आयोजक समितिका सदस्यहरु ) र ६०० जना नेपाली कांग्रेशका समर्थखरुले अहिले स्थगित गर्नु पर्छ भनेको कुरामा गौतमको जोड छ । नाम दुरुपयोग गर्नु नैतिक चरित्र भ्रष्ट हुनु हो अधिबक्ता दिनेश त्रीपाठी र कृष्ण कडेल भने जनसंपर्क समिती भित्रको आपसी खिचातानिमा आफुहरुको नाम जथाभाबी प्रयोग गरिएकोमा चिन्ता ब्यक्त गर्नु हुन्छ । उहाँहरु राजनीतिको सामान्य निती र पत्रकारिताको धर्म बिपरितका तेस्ता हरकत निन्दनिय र सिध्दान्तहिन चरित्र भएको ठान्नु हुन्छ । सम्मेलनमा सहभागे भएर नै सबै बिवादको अन्त्य हुने उहाँहरुको धारणा छ । कसैको ईच्छा बिपरित कुनै पनि ब्यक्तिको नाम दुरुपयोग गर्नु नैतीक चरित्र भ्रस्ट हुनु त हुंदै हो ठुलो कानुनी अपराध पनि हो भन्ने कुरामा हाम्रा-साथिहरु सचेत नहुने हो भने तेस्को पारीणाम गंम्भिर हुने चेतावनी अधिबक्ता त्रीपाठी दिनु हुन्छ। यसै गरी तरुण पौडेल अहिलेको बिवाद केही साथीहरु आपसी असमजदारिको मात्र भएको बताउँदै कुनै निती र समस्यामा केन्द्रित नभएको ठान्छन। पौडेलको ठम्याई छ,यो सेरोमोनियल किङ र लोकतन्त्रको कुरा जस्तै जनमानसमा भ्रम उत्पन्न गराउने बिवाद मात्र हो। पौडेल अधिबेशनको बिरोधमा भई रहेका बक्तब्य बाजिहरुमा अनाधिक्रित रुपमा धेरै साथीहरुको नाम दुरुपयोग भएको र तेस्मा आफ्नो नाम नै पनि हुन सक्ने आँशका गर्दै तेस्ता भ्रममा नपर्न र तेस्ता हरकत नदोर्यान पनि अनुरोधगर्छन् । पार्टिको आधिकारिक निती र निर्देशानमा सबैलाई समेटिनु पर्ने त्रैलोक्य पौडेल बताउँछन। समितिको नाम र सबैलाई नसमेटिएकोमा आफ्नो असहमती रहेको पौडेलले बताए। अमेरिकामा नेपाली कांग्रेसका कार्यकर्ताहरुको बिवाद सुल्झाउन यो भन्दा पहिले पार्टी उपाध्यक्ष शुसिल कोईराला देखी लिएर पुर्व प्रधानमन्त्री तथा नेका(प्रजातान्त्रिक ) का सभापति शेरबहादुर देउवा, अर्जुन नरसिंह केसी, सुजाता कोईराला लगायतबाट सक्दो प्रयास पनि भएको हो । तर अधिबेशन भन्दा अर्को बिकल्प नदेखे पछी यथाससक्य अधिबेशन गरेर संबिधान सभामा अमेरिकामा बस्ने नेका समर्थकहरुले उल्लेखनिय भूमिका निर्वाह गर्नु पर्ने भएकाले पनि अहिलेको अधिबेशनको सान्दर्भिकता रहेको नेका केन्द्रिय संगठन बिभाग केन्द्रिय बिशेष क्षेत्र प्रतिनिधि त्रैलोक्य प्रताप सेन बताउनु हुन्छ । यहाँको आसन्न अधिबेशनको लागि पार्टि प्रतिनिधिका रुपमा केही पहिले देखी नै यहाँका गतिबिधी नियाल्दै आउनु हुने सेन सबै बिवाद सम्मेलनमा स हभागि भएर मात्र हुने भागेर हुन्न भन्नु हुन्छ। केही साथी नेपाल जानु भयो, केही बेलायत जानु भयो, केहीको काम मा बिदा मिलेन वा केही साथीको घरयासी काम पर्‍यो वा केहीको तालिम र परिक्षा भनेर कुनै पनि संस्थाको अधिबेशन स्थगित गर्नु पर्छ मात्रा होईन कि राजनीतिक मर्यादालाई पनि बेवास्था गर्दै बक्तय बाजी भएको आफुले थाहा नपाएको सेन बताउनु हुन्छ।सेन अधिबेशनमा सहभागी हुन सबैले बल गर्ने हो र अनुकुल नहुनेले आफ्ना प्रतिनिधि मार्फत सहभागीता जनाउनु पर्ने तथा संस्थाको उदेश्य पुराहोस भन्ने सद्भाव राख्नु पर्ने ठान्नु हुन्छ।निजी आग्रह र ब्यक्तिपरस्त कुरामा नअल्मली अधिबेशनमा भाग लिनका लागि सेन पार्टी कार्यकर्तालाई अनुरोध गर्नु हुन्छ।सेनका अनुसार नेपाली काँग्रेशलाई संगठन गर्न दिन नचाहने षडयन्त्रमा जानी नजानी नेपाली कांग्रेशका कार्यकर्ता पनि लग्न हुन्न। जनसंपर्क समिती अमेरिकाको अधिबेशन पुर्व तयारीबिच अमेरिका भ्रमणमा रहेर यहाँका धेरैजसो राज्यका नेपाली कांग्रेसका कार्यकर्तासंग संपर्क गर्नु भएका नेका प्रजातान्त्रिकका केन्द्रिय सदस्य तथा सांसद उमाकान्त चौधरी नेपालमा जस्तो अमेरिकामा नेका दुई पार्टिका रुपमा नरहेकोमा खुशी ब्यक्त गर्नु हुन्छ। चौधरी भन्नु हुन्छ, यहाँको बिवाद दुई पार्टिको होईन केही साथीहरु बिचको आपसी असमझदारी मात्र हो । तेस्लाई समाधान गर्न सकिन्छ। तेस्का लागि आसन्न अधिबेशनमा सबैलाई(सहभागी हुन ईच्छुक बढि भन्दा बडिलाई)समान अबस र दीनुपर्छ।अधिबेशनको बारेमा उठेको बिवाद र बक्तब्यलाई पनि उहाँ अधिबेशन तयारीमा रहनु हुने साथीहरुले ध्यान दिएर समस्या सुल्झाउनु राम्रो हुने बताउनु हुन्छ। आशा गरौं, स्वस्थ बिबाद र बहस वा शन्तिपूर्ण बाटोबाट नै सबै समस्याको समाधान र आपसी मतमतान्तरको पनि अन्त हुन्छ। त्यसैले जनसम्पर्क समिति ईन अमेरिकाको यो पहिलो अधिबेशनले पनि प्रजातान्त्रिक र पारदर्शीपूर्ण आफ्ना गतिबिधि मार्फत समुन्त जन्म भुमि नेपाल निर्माण अभियानमा बिश्वको बिकशित र सम्पन्न यो भुमिमा रहेका नेपालीको योगदानको खोजि गर्ने बाताबरण निर्माण गर्न बल पुर्याउने छ। lnb999@gmail.com nepalipost.com
Read Full Discussion Thread for this article