Posted by: BKMailo August 28, 2007
SOMETHING SERIUOS (SS)!!!!
Login in to Rate this Post:     0       ?        
मृतकलाई भत्ता ! जिउँदै मानिसको मृत्युदर्ता बाजुराको कुलदेवमाडौँ गाविस-५ बानेगाउँ घर भएकी लल्तादेवी कटुवालको नाममा सोही गाविसमा कार्यरत तत्कालीन सचिव रूपबहादुर खातीले २०५६ फागुन १७ गते मृत्यु दर्ता गरे । तर, उनी जिउँदै थिइन् । मृत्यु दर्ता गरएिको केही समयमै विधवा भएकीले फेर ितिनै सचिवले सरकारी तवरबाट पाउने असहाय भत्ता उनलाई उपलब्ध गराइदिए । लल्ताका पति हीरासिंह कटुवालका दुई पत्नीमध्ये जेठी मनीको त्यसअघि नै मृत्यु भइसकेको थियो । जेठी पत्नीको मृत्युपछि लल्ताका पति हीरासिंहलाई फकाई गाउँकै मानबहादुर कटुवालले सदरमुकाम मार्तडीको जिल्ला मालपोत कार्यालयबाट उनको सबै जग्गाको बकसपत्र आफ्नो नाममा गरे । लल्तालाई थाहै नदिई हीरासिंहले आफ्नो पुत्र नभएकाले मानबहादुरलाई धर्मपुत्र मानेर स्वेच्छिक रूपमा सबै जग्गाजमिन उनको नाममा गरििदएको बकसपत्रमा उल्लेख छ । हीरासिंहका दुवै पत्नीबाट छोरीहरू भए पनि छोरा भने थिएनन् । बकसपत्रमा २५ कित्तामध्ये २२ कित्ता जग्गा मानबहादुरको नाममा गरएिको थियो । बाँकी तीन कित्ता भने प्रक्रिया पुर्‍याउन सहयोग गर्नेहरूले आपसमा बाँडेर लिएका थिए । बेसहारा महसुस गररिहेकी लल्तालाई भने आउँदा दिनको निकै चिन्ता छ । उमेरले ७७ नाघ्न लागेकी उनी एक्लै बस्छिन् । गाविसले असहायलाई दिँदै आएको मासिक दुई सय रुपियाँले गुजारा चलाउँदै आएको उनले बताइन् । सम्पत्तिकै लागि अहिले नाति पर्ने टेकबहादुर कटुवालले आफूलाई नजिकको अंशियारको दाबी गर्दै आएको लल्ताको भनाइ छ । टेकबहादुरले मानबहादुरबाट सबै जग्गा कब्जा गरसिकेका छन् । जिल्ला प्रशासन कार्यालयले यस घटनाको छानबिन गरनिे बताएको छ । प्रमुख जिल्ला अधिकारी हुमप्रसाद अधिकारी भन्छन्, "यसबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत जानकारी गराइसकिएको छ ।" अर्जुन शाह/मार्तडी Source : http://kantipuronline.com/Nepal/chotkari.php
Read Full Discussion Thread for this article