Posted by: BKMailo August 28, 2007
SOMETHING SERIUOS (SS)!!!!
Login in to Rate this Post:     0       ?        
गोली शरीरभित्रै माओवादी छापामारहरूद्वारा तीनपटकसम्म आक्रमण गर्दा बाँचे पनि नेपाली काङ्गे्रसका कार्यकर्ता महेश यादवले आफ्नो शरीरमा रहेको तीनवटा गोली आर्थिक अभावका कारण सात वर्षदेखि निकाल्न सकेका छैनन् । सन्तपुर-६, नयाँबस्ती, रौतहटका ३४ वषर्ीय यादवले घाइते हुँदा उपचारका लागि गाउँलेसँग लिएको १५ हजार ऋण पनि अहिलेसम्म तिर्न सकेका छैनन् । उनले पार्टी र सरकार कसैले पनि उपचारमा ध्यान नदिएको गुनासो गर्दै आएका छन् । २०५७ फागुन १९ गते बिहान घरबाट निस्कन लाग्दा उनीमाथि आक्रमण भएको थियो । माओवादीहरूले सुराकीको आरोपमा उनीमाथि आक्रमण गरेको बताउँदै आएका छन् । उनीहरूले रौतहटमा राजनीतिक दलका कार्यकर्तामाथि गरेको त्यो नै पहिलो आक्रमण थियो । त्यस आक्रमणमा यादवलाई पाँचवटा गोली लागेको थियो । गोली हानिसकेपछि पनि माओवादीहरूले उनीमाथि खुकुरीले घाँटीमा प्रहार गरेका थिए । उपचारका लागि तत्काल काठमाडाँै पुर्‍याइए पनि शरीर कमजोर भएकाले चिकित्सकले गोली निकाल्न नमिल्ने सुझाव दिए, जो अझैसम्म निकालिएको छैन । शिव पुरी/गौर Source : http://kantipuronline.com/Nepal/chotkari.php
Read Full Discussion Thread for this article