Posted by: भउते August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
तितौरीले भोट हाल्दा के के गरिहोलिन? १- छिटो छिटो १०-१२ पल्ट खिटिक खिटिक पारिहोलिन, अनि कति भेछ भनेर हेरिहोलिन। २-जति हाल्दा नि दादुको झन झन घटेको देखेर अनुहार पारिहोलिन। ३-अब त भएन भनेर फेरि २०० पल्ट जति खिटिक खिटिक पारीहोलिन र फेरि हेरीहोलिन। ४- अलि कति बढेको देखेर खुसिले फुरुक्क भैहोलिन। अनि आगाडि आँखा छोप्न आको कपाल यसो हातले मिलाएर कानतिर अड्काइहोलिन। ५- त्यति गरेर फेरि हेर्दा त अरुको आकासिएको आकासियै दादुको उधैउधो लागेको देखेर एक छिन छक्क परिहोलिन। ६-देब्रेहातको बुढी औँलामा पालेको नङले अगाडिको खप्टेको दाँत बिचमा एक छिन कोट्याएर सोँचिहोलिन। ७- यिनेरु सँग नसकिने रे'छ भन्दै अनुहार पार्दै जुरुक्क उठीहोलिन र उता भित्तामा राकेको ऐनामा एकफेर हेरिहोलिन। ८- आफु रिसाको अनुहार देखेर आपैलाइ लाज लाग्यो होला, अनि खिसिक्क हाँसेर फेरि को को ले के के लेकेछन भनेर साझा रिफ्रेश गरिहोलिन्।
Read Full Discussion Thread for this article