Posted by: gahugoro August 27, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
प्रशान्तलाई भोट दिन नेपालबाट हूलका हूल दार्जिलिङ - खारिएको गायन प्रतिभासँगै दर्शकको अत्यधिक भोट पाएकाले शनिबारदेखि टप फोरमा पुग्न सफल भएका छन्- 'इन्डियन आइडल' का प्रतिस्पर्धी प्रशान्त तामाङ । एकै सातामा २२ लाख ३३ हजार भोट पाएका तामाङलाई आगामी शृंखलाहरूमा पनि जिताउन उनको जन्मथलो दार्जिलिङमा नौला-नौला अभियान थालिएको छ । प्रशान्तलाई जिताउन नेपालबाट पनि हूलका हूल फ्यानहरू दार्जिलिङ आउने क्रम जारी छ । काठमाडौंका चर्चित हेयर डिजाइनर निलडेबिड कटुवालको अगुवाइमा आएको नेपाली टोलीले चौरस्तामा दुई दिनअघि भव्य कार्यक्रम गरेर जनमत बटुल्यो । 'भोट फर प्रशान्त' अभियानको टोलीमा पप गायक बाबु बोगटी, उद्घोषक राजेश घतानी सम्मिलित थिए । टोलीले स्थानीय संगीतकार मणिकमल क्ष्ाेत्री र शान्ति ठटालका साथमा कार्यक्रम गर्दा प्रशान्त पे्रमी हजारौंको भीड लागेको थियो । संकलित रकम प्रशान्तलाई एसएमएस भोटमा खर्च गरियो । त्यस्तै प्रशान्तलाई आइडल बनाउने लक्ष्यसाथ काठमाडौंमा निकै खर्चेर होर्डिङ बोर्डसमेत राखिसकेका निलडेबिडले झापामा पनि केही दिन अभियानै चलाएर रकम बटुलेका थिए । 'सबैतिरबाट जुटाएको पैसा प्रशान्तलाई भोट गर्न खर्चिन्छौं,' उनले भने- 'प्रशान्तलाई जिताउँदै लानु हामी नेपालीको कर्तव्य हो ।' प्रशान्तकै पक्षमा घन्टौं गीत गाएर बोगटीले पनि 'यो बेला सबैले भोट गरेर नेपालीमूलको प्रतिभालाई जिताउनुपर्ने' आग्रह गरेका थिए । प्रशान्तलाई माया गरेर एसएमएस भोट गर्न आउनेमा धरानका तामाङ समुदायका सर्वसाधारण धेरै छन् । 'टप टेनमा पुगेदेखि नै आएर भोट दिंँदैछौं,' धरानका विवेक मोक्तानले भने- 'एउटै जाति, एउटै भाषीका प्रतिभालाई आइडल बनाउनु हाम्रो चाहना हो ।' नेपाल तामाङ घेदुङ संघमा आबद्ध धरानका तामाङहरूले पालैपालो तीन पटक आएर झन्डै ४० हजार रुपैयाँको एसएमएस भोट गरिसकेका छन् । मोरङको मधुमल्लाबाट आएका सात तन्नेरी मिरिकमा रातभरि जागै बसेर प्रशान्तलाई भोट दिई फर्किए । 'नेपाली मोबाइलबाट एसएमएस भोट प्रभावकारी नभएपछि यतै आएका हौं,' टोलीका अगुवा साइन श्रेष्ठले भने- 'हाम्रो सहयोगले प्रशान्तलाई फाइदा पुगोस् भन्ने चाहना छ ।' गाउँमा विभिन्न स्रोत जुटाएर बटुलेको रकम लिएर प्रशान्तलाई भोट दिन आउने नेपालीमा किसानदेखि व्यापारी, कलाकारदेखि गृहिणीसम्म छन् । पूर्वी इलाम र झापाका धेरै युवकयुवती पनि प्रशान्तलाई भोट गर्न सीमाक्षेत्र आएर मोबाइल चलाइरहेका हुन्छन् । 'दार्जिलिङे ठिटालाई आइडल बनाउन यसरी हत्ते गर्नेमा भुटान, सिक्किम, बु्रनाई, हङकङमा बस्ने नेपाली पनि छन्,' प्रशान्तको प्रचार अभियानमा सुरुबाटै जुटेका सञ्चारकर्मी विमल राईले भने । प्रशान्तको गाउँ तुङसुङका बासिन्दाले एउटै हलमा भेला भएर हरेक शुक्रबार राति लाखौं संख्यामा भोट गर्छन् । छक्कलाग्दा काम पनि गर्दैछन् फ्यानहरूले । प्रशान्तको प्रचार निम्ति गायकद्वय सागर र किरणले सार्वजनिक गरेको 'लाखों दिलोंका धड्कन' नामको क्यासेट दस हजारमा बिकेको छ । स्थानीय मेरिगोल्ड रिसोर्ट लिमिटेडले एउटै क्यासेटलाई त्यति मूल्यमा किनेपछि भनेको छ 'त्यो रकम प्रशान्तकै लागि भोटमा खर्च हुनेछ ।' खरसाङमा चिट्ठा उठाएर जम्मा गरेको रकमले भोट गरिंँदैछ भने चिया कमानहरूमा चन्दा उठाएर एसएमएस गरिंँदैछ । चौतर्फी प्रतिकूलता पार गर्दै २८ हजार प्रतिस्पर्धीलाई उछिनेर टप फोरमा पुग्न सफल प्रशान्तलाई अझ बढी भोट गर्न आग्रह गर्दै दार्जिलिङमा फेरि र्‍याली निकालिंँदैछ । हिमालय दर्पण पत्रिकाको सक्रियतामा नेपाली भाषीको बसोबास बाहुल्य लखनऊ, देहरादून, सिमला, नयाँदिल्ली, कोलकातालगायत स्थानमा प्रशान्तको जितका लागि हस्ताक्षर संकलन, एसएमएस भोटिङ भइरहेको छ । सिक्किममा सरकारी निर्देशनमै भोट दिने क्रम चल्दैछ । Posted on: 2007-08-26 19:49:11 http://www.kantipuronline.com/kolnepalinews.php?&nid=120525
Read Full Discussion Thread for this article