Posted by: gwanche August 27, 2007
~~चौतारी - ७२~~
Login in to Rate this Post:     0       ?        
कहिलेमा काँही रमाइलो हुन्छ भेटघाट हुँदामा मुटुको ब्यथा नमेट्दो रैछ बसेर रुँदामा सोमबारे कामकाजि जदौ यो ग्वाँचेको! नयाँ चौतारी बना'कोमा हरी सोल्टिलाई धनेबात, अरु सबै गाम्बासिहरुलाई सोघ्याछ भन्दिनु। चौतारी आइडल नि सुरु भे'छ, रमाइलो होला जस्तो छ, खेताँ के सुनी भो र गाना, भरे घर गे'सी सुन्नुपर्ला, अनी एस एम एस नि गर्नु पर्ला। सबै प्रतियोगिहरुलाई शुभकामना। म पनि भाग लिंउ कि भन्ने त सोच्या हो तर फेरी सप्पैले भाग ले'सी दर्सक काँ'ट खोज्न जाने भन्ने सोचेर चौतारी आइडलमा भाग लिने बिचार अहिलेको लागि हाप्देको, चौतारी आइडल द्वितिय, त्रितियमा बोरा च्यात्ने कि नच्यात्ने बिचार गर्नु पर्ला। सबैलाई फेरी पनि सोध्या छ भन्दिनु, सबैको आजको सोमबार राम्ररी बितोस र छिट्टै शुक्रबार आओस।
Read Full Discussion Thread for this article