Posted by: manshree August 26, 2007
"नेपाली तारा" कस्तो लाग्छ?
Login in to Rate this Post:     0       ?        
सधैं कती Indian Idol मात्र हेर्नु भनेर आज आफ्नो नेपाली तारा हेरेको त......... हरे! साह्रै खल्लो लाग्यो। न दर्शक छन न श्रोता। ३ जना Judge त्यस्तै.............. सकेसम्म बोल्नै नपरे हुन्थ्यो जस्तो गर्ने। बोले पनि खै के भनेको के? अनी कार्यक्रम संचालक पनि खै यसो अली रमाइलो बनाए हुन्थ्यो नि के नपुगेको के नपुगेको। हुन त त्यो Indian Idol को रमझम हेर्ने बानी लागेर पनि होला, बिचरा नेपाली कार्यक्रम त केटाकेटी खेलेको जस्तो लाग्ने। अरु टडक भडक केही नदेखाए पनि ठिकै छ तर Program लाई अली राम्रो र रमाइलो लाग्ने त बनाए हुन्थ्यो नि। तर जस्तो भए पनि आफ्नो देशको "तारा" खोज्दै छन हेर्नु त पर्ला नै तर उदित नारायण जि ले Indian Idol मा भन्ने गरेझैं "खास मजा चाँही आएन है" मलाई त! तपाईंहरुलाई कस्तो लाग्दै छ?
Read Full Discussion Thread for this article