Posted by: Birkhe_Maila August 24, 2007
~~चौतारी ७१~~
Login in to Rate this Post:     0       ?        
कुरो लामो छ चित्रे हेरि! चाइन्जो परार साल ग्वाँचे सँअ शहराँ गा' बेला तो काउले यातायातको बसाँ काठमान्डु गैयो हेरि। आफुलाई त फेरि बसाँ चडो कि आन्द्रा भुँडि उल्टेर आम्ने के रे, तेसइले ग्वाँचेले डाइबर सँअको सिठ मिलाइदो। हेरि डाइबर मोरो टाउकामा यामानको फेटा गुथेको परो। के जाति सत्तेनारनको पुजामा गाममा भजन घन्काओ भन्दा नि ठुल्ठुलो सोरले छेउ टुप्पो केइ नबुजिने गिद गाउँदै मटर चलाउँथो। हेरि म बुडो देखेर तो बजियालाई रमाइलो लाएड क्यार हिसाबले, कुरो अर्न थालो। पछि एउदिन हाउँरो गाममा आ' बेलाँ घर ल्यार रायोको साग ख्वाको बजियालाई पन्जाब तिरको रेछ मोरो, घर सम्जे भनेर धुरुधुरु रोयो। तेसइले सिकाको हो अलि अलि बोल्न बोले नि आफैँ बुज्दिन, क्यार्नु! हरिशरणम्!
Read Full Discussion Thread for this article