Posted by: Birkhe_Maila August 22, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
अभिव्यक्ती- पौष २०६३ बाट २ गजलहरु! गुनासो र जवाफ! दोहोरि जस्तो छ! - :) शीतल कादम्बिनी- कहाँ थियौ? रङ्गमन्च उठेपछि आयौ समयले यौवनलाई लुटेपछि आयौ वैलिएका रहरहरु पलाउँदैनन अब विरहका असिनाले चुटेपछि आयौ शून्यताका प्रहारहरु खप्नु खपेकैथेँ, धैर्यताको बाँध पनि टुटेपछि आयौ तिमी र म साथसाथै गर्नुहुन्थ्यो यात्रा जिन्दगीलाई बोक्ने गाडि छुटेपछि आयौ नरेन्द्रराज पौडेल- पुराना ती रंगमन्च उठाउँदै म आएँ नयाँ नौलो रोदिघर बसाउँदै म आएँ यौवनको भेल बाढि गयो बेसै भयो पीरतीको पहरामा रसाउँदै म आएँ वैली जाने रहरहरु उखेलेर फाल्दै बैशाखको पालुवामा पलाउँदै म आएँ शून्यताको लेक बेशि धाउनु धाएपछि मनैभरि जाहि-जुही फूलाउँदै म आएँ तिमी संग यात्रा गर्ने नौलो धोको बोकि जिन्दगीको नयाँ गाडि गुडाउँदै म आएँ
Read Full Discussion Thread for this article