Posted by: Rahuldai August 18, 2007
महंकाल भैरब
Login in to Rate this Post:     0       ?        
धन्यबाद फ्रिक जी, जानकारी र सुझावको लागि। तपाईले भने जस्तै पेडाको बारे हुनेको हुं। तर यताका केही बर्षमा आएर अर्को रोचक कुरा पाउनु हुन्छ महांकालस्थानमा। हामी बौद्धमार्गीहरु, भैरबलाई सुरक्षाको देबता मान्छौं। मछिन्द्र नाथ लाई कामक्षबाट उपत्यका ल्याइदै गर्दा राक्षसहरुको भीषण आक्रमण भएको बेला तिनै भैरबहरुले बचाएका कथा पनि छन्। महांकाल लाई खुशी पार्न हामी नेवारहरुले भैरबको हातमा रहेको पात्र ( गुलपा) भरी असली अयला( रक्सी) र थ्वं: ( जाँड) चढाउने गर्छौं। संयोग बस महांकाल भैरबको गुल्पा ( पात्र) लाई चांदिको आबरणले घेर्ने काम मेरो पिताजीले गर्नु भएको थियो। अब यो पात्र थ:नेगु अर्थात पात्र भर्ने काम नेवार समुदायले भन्दा बढि तिब्बती बौद्धहरुले गर्न थालेका छन्। २-४ बर्ष यता देखि त्यो क्रम उल्लेख्यरुपमा बढेको स्पष्टरुपमा देख्न सकिन्छ। अझ चाखलाग्दो कुरा, त्यहि महांकाल् स्थानको भुइंतल्लाको रक्सि पसल बिहान ४ बजे देखि ६ बजे सम्म खुल्छ। यानी कि बिहानसबेरै मात्र रु १० हजारको भन्दा बढि रक्सिको ब्यापर हुन्छ रे। रेड लेभल, ब्लु लेभल देखि लोकल सम्म। शनिबार एक दिनमा ५० ओटा सम्म रेडलेभल भेटि चढाइन्छ रे। महांकाल भैरबका पुजारी- जुद्ध रत्न बज्राचार्यले जानकारि दिनु भएको। बज्राचार्य जी त्यस वडाका जन निर्बाचित वडाअध्यक्ष हुनु हुन्थ्यो( २०४९-५४, ५४-५९)। अब महांकाल पनि मोर्डन भए छ। अर्को कुरा, हामी आफुलाई असली नेपाली भन्नेहरु चाहिँ यी देबस्थान र पीठहरुको महत्वलाइ क्रमश: बिर्सदै छौं तर अरुले मह्त्व बुझेर तिनको भक्ति गर्न थालेका छन्। शंकटा भवानी त महांकालस्थान तिनका उदाहरणहरु हुन्। शनिबार दिनभरिको लेखा राख्नु हुन्छ भने, दर्शनार्थिहरु भारतिय मूलका र तिब्बतीमूलकाहरु को नै बाहुल्यत देखिन्छ, अस्तु!
Read Full Discussion Thread for this article