Posted by: miss_ me August 18, 2007
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
पर्खिदा पर्खिदा निद्रा नै लाग्यो । हुन त नेपे दाजुको मात्रै रचनाहरु भए जस्तो लाग्यो । तर मैले उता पारी चौतारी गाम बाट चोरेर सानो टुक्रा राख्दिए है :)
रिसानी भए, माफ हुने नै छ भनेर ढुक्क छु

रुखो-मिठो जे थियो साथ थियो मर्यादाको
दोसाँधको तुलो भित्र अब भो हाल्न नखोज।

संझे चोखो साहारा तर रहेछ तिर्सना
आलिंगनले यो मन अब भो गाल्न नखोज।

ठक्करमा थाम्यौ हात पृय लाग्यो आधार
पाप-पुण्य भित्र अब भो ढाल्न नखोज।

बर्तमान छ सिंगै अझै क्षितिज पर्खिरेछ
संझी अतितको द्वविधा अब भो टाल्न नखोज।

औषधीको के कुरा पिइसके विषको ज्वाला
भुङ्ग्रो भैसक्यो मुटु अब भो बाल्न नखोज।


Last edited: 18-Aug-07 12:40 AM
Read Full Discussion Thread for this article