Posted by: Birkhe_Maila August 17, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
साँच्चि शुउक्रबार पो हो त ए गाँठे आज त! अन्तरेओ कविता हेरेसि मात्तै था भो। क्यार्नु आफ्नो ताल निसेले भनेओ अस्तो छ, बुडेसकालाँ सुध्र्या छु, तो फेरि भउते मोरो सुध्र्या अस्तो होइन बाबै, काँ पा'र तेस्तो बिउरेओ भन्दा नि नराउँरो पाराले सुध्रइउँला र म? म त हेरि सोमबार वर्त बस्ने र सोमरस नपिउने किसिमले सुध्रेओ हो हेरि। अब सोमरस नपिउनेहरुलाई शुउक्रबार बेलुइखेर लस्सि पिउने सल्ला दिन्छु म यो गर्मिमा। लस्सि बनाउने तरिका (आँप हालेर) सामाग्रि- १) मज्जाले पाकेको आँप २) सादा दहि ३)चिनि ४) बरफका टुक्राहरु ५) दालचिनि र सुकमेलको धुलो बिधि- १) ब्लेन्डरमा दहि हाल्नुहोस। २) अलिकता पानी पनि हाल्नुहोस। ३) आँपका साना साना टुक्रा हाल्नुहोस (आँफ काट्दा कोयालाई नै घाउ पार्ने गरेर नकाट्नुहोस फेरि कोयाको रेसा लस्सि खाँदा दाँतमा अड्किन्छ) ४) बरफका टुक्राहरु पनि हाल्नुहोस। ५)अलिकता चिनि हाल्नुहोस। ६)मजाले घुइँ घुइँ घुमाउनुहोस। ७) कम्तिमा पनि ३२oz जाने गिलाँसमा करिब १-२ फुट माथिबाट मजाले लस्सि फिँज उठ्ने गरि खन्याउनुहोस। ८) दालचिनि र सुकमेलको धुलो हलिकता माथि छर्कनुहोस। ९) ठाडो घाँटि लाउँदै तुइँक्याउनुहोस। धन्यवाद्! शुक्रबारे जदौ! यो बिर्खे माईलाको!!
Read Full Discussion Thread for this article