Posted by: chipledhunga August 15, 2007
Login in to Rate this Post:
0
?
बस चढ्दाका रमाइला र नरमाइला अनुभव त प्रशस्तै छन्। स्पीडकै कुरा गर्दा काठमाडौंबाट त्रिशूली ओहोर दोहोर गर्दाको सम्झना आउँछ। ७० किमीको दूरी पार गर्न टाटा बसहरुलाई ४ देखी ५ घण्टासम्म लाग्थ्यो। साझा यातायातका मित्सुबिशी बसहरुले भने ३ घण्टा जतिमा सोही दूरी छिचोल्थे। टाटाको तुलनामा त सुपर सोनिक जेट चढे झैं हुन्थ्यो। अमेरिका आएपछि यसो सोच्छु त औसत १५ माइल प्रति घन्टा मात्रै हुँदो रहिछ साझाकै स्पीड् पनि। बान्ता गर्नेहरुले चाँही हैरान पार्थे। बालाजु र तादी खोला बीचको बाटो पुरा नहुन्जेल छदुवाहरु सकृया हुन्थे। त्यसमाथि रानीपौवामा मुला खाने पनि टन्नै हुन्थे। रानीपौवा कटेपछिको यात्रामा मुलाको डकार र बान्ताको गन्धले बस दुर्गन्धमय हुन्थ्यो।
बस यात्रा (र त्यस्पछिको पद अनी हवाइ यात्रा)को अर्को कथा संस्मरण पढ्ने भए बस नं १०१ को धागो (दुइ चार पेज पछाडि गए भेटिन्छ) हेरम् है।