Posted by: Rahuldai August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
भूतेश्वर महादेब **************** मल्लकालमा उपत्यकाका तिनै शहरको बैभव र उन्नति इतिहास पढेकै हुनु पर्छ। कान्तिपुरका राजा प्रताप मल्ल र पाटनका राजा शिद्धि नरसिंह मल्ल बीचमा आपसी दुश्मनी त छंदै थियो त्यो भन्दा बढि प्रतिस्पर्धाको भूत सवार थियो। एक ले नयाँ कुनै काम् गर्यो कि वा नयाँ सिर्जना गर्यो कि अर्को ले त्यो भन्द चर्को अर्को बनाउनु नै पर्ने। हुन त त्यतिबेला को नेपाल् बैभवशाली थियो नै। कला, संस्क्रिति को स्वर्णयुग मानिन्थ्यो। शिधि नरसिंहले वास्तुकलाको अनुपम नमूना पाटनको क्रिष्ण मन्दिर बनाए। महाभारतका सम्पूर्ण इपिसोड शीलाका कुंदिएको त्यो सुन्दर मन्दिरको बारेमा यता तान्त्रिक एवं कबि प्रताप मल्ललाई जानकारी थियो नै। मूर्ति प्रतिस्थापन गरी त्यो भब्य मन्दिरको अति भब्य उदघाटन समारोह गर्ने तिथिको साइत जुर्‍यो। देश देशाबरका गण्यमान्यलाई राजकीय निम्ता पठाए। तर प्रताप मल्ललाई त्यो खुशी प्राप्त भएन। पाए पनि के गर्नु, शत्रु देशमा पाइला न टेक्ने कसम् खाएका, फेरि कसम नै तोडुं भने शत्रुबत ब्यबहार गरेर दन्डित हुनु पर्ने हो कि भनेर चिन्तित थिए। क्रिष्णजन्माष्टमीको पबित्र दिनमा मन्दिर प्रतिस्थापनको समारोह अश्वामेघ यज्ञ सहित सुरु भयो। यता प्रताप मल्लको छाति पोल्न थाल्यो। प्रताप मल्ल, कबि र तान्त्रिक मात्र थिएनन्, कलाका पारखी पनि त्यतिकै भएका ले, अति बर्णित त्यो मन्दिर जसरी भए नि हेर्ने भनेर निर्णयमा पुगे। बिना निम्तो शत्रु देशमा त्यसै जाने कुरा भएन, सुरक्षाको कुरो पर्‍यो। भारदारहरु सङ छलफल भयो भने हुदैन भन्ने निर्णय हुने। त्यसैले उनले कसैलाई न भनीकन क्रिष्ण मन्दिरको त्यो अलौकिक द्रिश्य हेर्न गए। क्रमश:
Read Full Discussion Thread for this article