Posted by: PallaGhareAntare August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
जिन्दगीको मेसो पाईन मैले, जाने कुन बाटो ठम्याईँन मैले, हिँडिरहें यसै विना गन्तव्य, कहाँ पुगुँला एक पल सोचिंन मैले। सधै यस्तै हो यसैगरि बित्छ, पर्वाहा थिएन उमेर छँदा केहि, उन्मादमा कुल्चिएँ होला कत्ति मुटु, कसैको ख्याल गरिँन मैले। ढल्किँदो उमेर अनि खोक्रिंदो शरीर, हताश मन सिवाए छैन अब केहि, हात समाउने भेटिएन कोहि अब त, भर पर्न आफ्नै पनि छोडिदिएँ मैले। मास्टर्नी दिदी, हउरको उत्तर अहिलेलाई थाँती। यो अर्कै तर्कना आयो मनमा र कोरिहालेँ।
Read Full Discussion Thread for this article