Posted by: world_map August 14, 2007
(ॐ)चौतारी ६९(ॐ)
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! आज हाफ ट्याममा हाजिर गरेकोमा क्षमा चाहन्छु, हिजो ओभर ट्याम गरेकोले फछ्या भो। राहुलदाइ, ठूली, सान्कान्छा, जिम्माल बा, दुर्गे भाउजू, यामे, मिस दिदी, ग्वाँचे, चिप्ले, गोतामे, रिठ्ठे सबैलाइ जदौ! सबैले आ-आफ्नो पद पाएपछि त्यै काममा बिजी हो कि के हो? हप्ताको एक दिन आफ्नो कामको रिपोर्ट पेश गर्नु पर्छ नि! जस्तो कि, कथा अफिसरले कथा प्रस्तुत गर्ने, कविता अफिसरले कविता लेख्ने, आदि। हाम्री सिनियर अकानउन्टेन्ट ठूली कता गई? मेरो तलब बुझीलिनु थियो! जिम्माल बा, के हुँदैछ? यो चौतारी कार्यालयको अनुशासन कायम राख्नु परो तपाइ हाकिम भएको नाताले! अनि दुर्गे भाउजू, आज के परिकार पाक्दैछ नि?
Read Full Discussion Thread for this article