Posted by: shirish August 14, 2007
how will you run Nepali Congress if you were GP Koirala ?
Login in to Rate this Post:     0       ?        
सम्पादकिय / बिचार समकालीन नेपाली राजनीति [ 2064-4-13 ]  नेपालको राजनीतिक अवस्था अत्यन्त जटिल र सङ्क्रमणकालबाट अगाडि बढिरहेको छ । सङ्क्रमणकाल लम्ब्याउनु भनेको आफैँमा जटीलता थप्नु हो र सकेसम्म सङ्क्रमणकालको व्यवस्थापनमा आम सहमतिका साथ अघि बढ्नु आवश्यक छ भन्ने कुराको ज्ञान हाम्रा राजनीतिक नेतृत्वसँग पर्याप्त छ र पनि किन त्यस्तो खाले आम सहमति बन्नसकिरहेको छैन भन्ने कुराको विश्लेषण गर्नु आवश्यक छ । राजनीतिमा देखापरेको अवसर र चुनौतीको सामना गर्ने शैलीहरूको खोजी गर्नका लागि राजनीतिक दलहरूको व्यवहारमा परिवर्तन आउन जरुरी छ । सबैसत्तावादको पुरानो रोगबाट ग्रसित राजनीतिक पार्टर्ीी र बन्दुकको राजनीतिवाट शान्तिपर्ूण्ा प्रतिस्पर्धामा आउन खोजिरहेको नेकपा -माओवादी)का बीचमा अहिले पनि विभिन्न किसिमका मतभेद र विमतिहरू छन भन्ने कुरा दुनियाँलाई थाहा छ । हामीकहाँ अरूको विचार र आस्थाको सम्मान गर्ने कुराको खडेरी परेको उहिलेदेखि नै हो । सबैका विचार र आस्थाहरूको सम्मान गर्ने प्रवृत्ति मात्रै राजनीतिक दलहरूमा पलायो भने लोकतन्त्रको संस्थागत विकासमा एक फड्को मार्नसक्छ भन्ने कुरा हरेक राजनीतिशास्त्रका विद्यार्थीलाई जानकारी छ । आजको प्रमुख समस्या भनेको मुलुक परिवर्तनका लागि वैकल्पिक नीतिहरूको अभाव नै हो । राजनीतिक दलहरू विगतबाट माथि उठ्नै सकिरहेका छैनन् । माओवादी पनि आफ्ना कार्यकर्ताहरूलाई सैनिक मनस्थितिबाट अर्थात् बन्दुकको राजनीतिबाट माथि उठेर विचारका आधारमा सङ्गठन निर्माण गर्ने अभिभारालाई पूरा गर्न सकिरहेको छैन । माओवादी पार्टर्ीीत्र अहिले पनि लक्ष्यमा ढुक्कसाथ पुग्छौँ भन्ने कुरामा एकखालको दुविधा रहिरहेको छ । किनभने संविधानसभाको निर्वाचन भनेको शान्तिपर्ूण्ा प्रतिस्पर्धाकै निर्वाचन हो । यो निर्वाचनमा आफनो उपस्थिति बलियो हुनसक्ने आधारहरूको विश्लेषण गर्दै उसले कतै फेरि पनि नेपाली काँग्रेस वा नेकपा एमाले जस्ता राजनीतिक दलहरूको उपस्थिति नै बलियो हुने त होइन भन्ने सोचमा छ र सम्भवतः ऊ यसैको हिसाबकिताब गर्दै आफ्ना गतिविधिलाई दबाबमूलक ढंगले गर्न खोजिरहेको प्रतीत हुन थालेको छ । उता नेपाली काँग्रेस इतिहासको ब्याज खाएर अघाएको छैन र आफनो पुरानो र्सवसत्तावादी चरित्र र सत्ताको दुरूपयोग गर्न खोज्ने व्यवहारका कारण परिवर्तनतिर कम सत्ता सुदृढ पार्नेतिर बढी केन्द्रित देखिन्छ । नेपाली काँग्रेसको यो चरित्रलाई केही वैदेशिक शक्तिहरूले समेत सघाएको आधारमा ऊ आफूलाई परिष्कृत वा व्यवहारमा परिवर्तन ल्याउन चाहिरहेको देखिँदैन । मनभित्र फेरि पनि बीपीको मेलमिलाप नीतिलाई कायम राख्दै नेपालको राजसंस्थाप्रतिको मोह छोड्न गाह्रो मानिरहेको प्रस्ट देखिन्छ । राजनीतिक रूपमा कम्युनिस्टहरूलाई सदाका लागि दुष्मन ठानिरहने नेपाली काँग्रेस भित्रभित्रै भयभीत पनि देखिन्छ । कहीँ नेपालमा आगामी संविधानसभाको निर्वाचनमा वामपन्थीहरूको मोर्चाको पकड हुने त होइन - भन्ने डर उसलाई यही दुविधाका कारण नेपाली काँग्रेसभित्रका युवा पुस्ता जो परिवर्तनप्रति रुचि राख्छन वा यथास्थितिमा बस्नुहँुदैन भन्ने मान्यता राख्छन्को दृष्टिकोणलाई नेतृत्वपङ्क्तिले दबाएर राख्न चाहन्छ र संघीय शासनप्रणाली र लोकतान्त्रिक गणतन्त्रको बाटोमा मुलुकलाई डोर्‍याएर लान हम्मेसी तत्पर हुन नचाहिरहेको प्रतीत हुन्छ । अन्तरिम सरकारमा सामेल वर्तमान राजनीतिक पार्टर्ीीका बीचमा अविश्वास यति तीव्र छ कि उनीहरू एक अर्कोलाई आफनो वास्तविक चाहना सेयर गर्न चाहँदैनन् । राजनीतिक रूपमा भिन्न भिन्न विचार, कार्यशैली र सिद्धान्त बोकेका राजनीतिक दलहरू सबै योजनाहरू सेयर गरुन् भन्ने चाहना राख्नु हुदैन तर सङ्क्रमणकालको जटीलतालाई पार गर्दै आगामी संविधानसभाको निर्वाचनलाई सम्पन्न गर्ने अवधिसम्म कम्तीमा साझा उद्देश्यका साथ अघि बढ्नु जरुरी छ होइन भने संविधानसभाको निर्वाचन बिथोल्नका लागि विभिन्न गुटहरूले खेल्ने मौका पाउनेछन् । वैदेशिक शक्तिहरू नेपाली काँग्रेसको एकीकरणका लागि ब्यापक रूपमा दबाब सृजना गरिरहे पनि नेपाली काँग्रेस भित्रकै विभिन्न शक्तिकेन्द्रहरूको चलखेलले काँग्रेस एकीकरणमा छिटै पुग्ला भन्न सकिने अवस्था पनि देखिदैन । शेरबहादुर देउवा पार्टर्ीीकताका लागि जति आतुर देखिनुहुन्छ, गिरिजाप्रसाद कोइराला र रामचन्द्र पौडेलहरू आ -आफ्नो स्थिति मजबुत नपारी एकीकरण गर्ने पक्षमा रहेका देखिदैनन् । यो एकीकरण संविधान सभा सम्मका लागि मात्र हो भन्दा कतिपय नेपाली काँग्रेसका मित्रहरू गाली गर्नुहोला तर यथार्थमा नेपाली काँग्रेस एक भए पनि निर्वाचन पछाडि एकै ठाउँमा बसिरहने परिस्थितिको निर्माण हुनै नसक्ने अवस्था सृजना भइसकेको छ । नाटक र अभिनय गर्न नेपाली काँग्रेसको बुढ्यौली पुस्ता माहिर छ र यही अभिनयका साथ काँग्रेस एक भए पनि भावनात्मक रूपमा नेपाली काँग्रेस एक हुन नदिन पार्टर्ीीभत्रकै विभिन्न गुटहरूको चलखेल तीव्र छ । राज्यको पुनःसंरचनाको कुरा गर्दा नेपालका राजनीतिक दलको नेतृत्वकर्ताहरूको मानसिकताको पुनःसंरचना गर्नु पहिलो आवश्यकता हो । राजनीतिक दलहरूभित्रको लोकतान्त्रिकरणको प्रक्रिया थाल्नका लागि मानसिक रूपमा तयार हुने अवस्था सृजना गर्नु आवश्यक छ । हामी मानसिक रूपमा सत्ताबाट तल र्झर्ने नचाहने, पदीय मोह र पार्टर्ीीभत्रको सङ्गठनलाई आफूले भनेजस्तै गरी चलाउने रहर नत्यागेसम्म नेपालका राजनीतिक दलहरूमा लोकतन्त्रीकरण हुनैसक्दैन । किनभने हाम्रा सङ्गठनभित्र अहिले पनि १० प्रतिशत भन्दा बढी महिलाहरू सङ्गठित भएका छैन । पाँच प्रतिशतभन्दा बढी दलित समुदाय सङ्गठित हुनसकेका छैनन् । आदीवासी जनजातिहरूको अवस्था त्यस्तैछ, मधेशी समुदायको अवस्था त्यस्तैछ । अल्पसङ्ख्यक जाति जनजातिहरूको अवस्था झन् दयनीय छ । भोट कसरी तान्ने भन्ने नीतिका साथ हामी सङ्गठन निर्माण गर्र्छो र नेपाली काँग्रेस जो आफूलाई इतिहासको महान पार्टर्ीीान्दछ त्यही पार्टर्ीीे सङ्गठनहरूमा ५० प्रतिशत नेतृत्व पनि कार्यकर्ताहरूबाट निर्वाचित हुदैनन । गाउँदेखि केन्द्रसम्म प्रमुखहरूले मनोनयन गर्ने र एसम्यानहरू जम्मा गर्ने, जुन दिन उनीहरू आफ्नो विचार राख्न चाहन्छन् त्यही दिन विदा हुनुपर्ने हा म्रो राजनीतिक संस्कार र संस्कृतिले पार्टर्ीी लोकतान्त्रिक प्रक्रियामा अघि बढ्न सक्लान् - अहिले पनि नेपाली युवाहरू विदेशमा नगई स्वदेशमा रोजगार पाउन सक्दैनन् । राजनीति प्रति उनीहरूको वितृष्णा बढदै गएको छ । भविष्यमा नेपाली युवाहरूलाई राजनीतिमा डोरर्‍याएर मुलुककै साधन स्रोतको सदुपयोग गरी योजनाबद्ध विकासको कुरा गर्ने हो भने हाम्रा पार्टर्ीींगठनहरूमा लोकतानित्रक प्रक्रिया तीव्ररूपमा चलाउनु जरुरी छ । संविधानसभाको निर्वाचनले तयार गर्ने नयां संविधानले राज्यको पुनःसंरचना गर्दै अघि जानसक्यो भने ,शान्ति प्रकृयालाई दिगो रूपमा अघि बढाउन सकियो भने नेपाली राजनीतिमा आगामी केही वर्षभत्र आमूल परिवर्तन हुनसक्छ र लोकतान्त्रिक हुन नसक्ने राजनीतिक दलहरूलाई उछिन्दै क्षेत्रीय पार्टर्ीीको विकास तीव्र रूपमा हुनसक्ने सम्भावना उत्तिकै छ । यर्सथ पनि नेपालका राजनीतिक दलहरू आफूलाई परिवर्तन गर्नका लागि, साच्चै जनताहरूको सङ्गठन बनाउनका लागि उनीहरूको सहभागिता र पहुँचलाई बढाउने दिशामा अघि बढ्नु जरुरी छ । नयाँ नेपाल नारा र भाषणमा होइन, व्यवहारमा बनाउनका लागि हाम्रा सबै व्यवहारहरूमा आमूल परिवर्तन हुनु आजको आवश्यकता हो । यसका लागि कम्तीमा राजनीतिक दलहरू जस्ले मुलुकको नेतृत्व सम्हाल्छन उनीहरू तयार हुनर्ुपर्छ । यथास्थितिवाद र उग्रवाद दु वैले हामीलाई उही प्रतिगमनलाई सघाउँछ भन्ने कुराको हेक्का राख्नर्ैपर्छ । सामाजिक न्याय र मानवअधिकारको प्रत्याभूती सहितको नयाँ नेपाल बनाउनका लागि हाम्रा धारणा विचार र व्यवहारमा परिवर्तन हुनर्ुपर्छ होइन भने यो केवल नारामा मात्रै सीमित हुनेछ ।
Read Full Discussion Thread for this article