Posted by: mansion August 14, 2007
कस्तो रहर
Login in to Rate this Post:     0       ?        
किन हो आज एक्कासी मन रोयिरहेछ चिसो बतास झै, उन को याद ले मन तद्पाइ रहेछ सुन सान रात को अन्धेरी मा, फेरी आज यो मन, कता कता, एक्लै दुली रहेछ पुरानो गोरेटो हरु को सम्झना मा, खुट्टा हरु अँफै लग लग कापी रहेछन बिन मौसम को झरी झै, सुकी सकेका आसु हरु, फेरी बर्सिन थालेछ किन हो, खोइ, आज फेरी उन को याद मा, पुराना हासो हरु ले पनि, उदास पारी रहेछ कपास झै, उन को नरम स्पर्स को याद ले , आज शरीर मा सयौ काडा ले घोचे झै छ। किन किन, मिठा बोली पनि, आज तिरस्कार झै लागि रहेछ धमिलो सम्झना, फेरी आज, अँफै आखा मा तैरि रहेछ मन ले मन लाई दिएको पिडा, आज फेरी नयाँ कथा छै, कान हरु म गुन्झि रहेछ तुटेका आसा, हरु को झस्काइ ले, मन अझै कापी रहेछ किन किन, आज, जीउद जेउदै पनि, मरे झै छ किन किन, आज, कालो बादल ले झै, उन को याद ले, मन छोपी रहेछ। ****** thx united.
Read Full Discussion Thread for this article