Posted by: shirish August 13, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        

यो पनि राम्रो छ - गजलको फर्म्याटमा छ !

जनता ‍‍‍भनेको मृग र बाघ भन्या राजनेताहरु जस्तो छ !

मृग र बाघ

-राजेन्द्र थापा

यो भएन भनी मृगजति, किन कराउने हो ?
वनतन्त्रमा नियम त, बाघैले बनाउने हो !

ढिलो चाँडो पर्ने नै हो नि, बाघकै नाङ्गापन्जामा
बाघ नै वनको सत्य हो, उहीसँग किन डराउने हो !

नाम फेर्ला मुहार फेर्ला, झन्-झन् मिठो बोल्ला
यौटा बदले नि आखिर, अर्को बाघै आउने हो !

उठ, मर, बाघले मृगकै, शहादत खोज्दछ
हरेक मोडमा मृगकै, सालिक ठडाउने हो ।

मृगकै, मृगैबाट, मृगकै लागि, गर्ने हो बाघले
मृगै नखुवाई बाघलाई के ? घाँस खुवाउने हो ।

Last edited: 13-Aug-07 09:08 PM
Read Full Discussion Thread for this article