Posted by: shirish August 11, 2007
how will you run Nepali Congress if you were GP Koirala ?
Login in to Rate this Post:     0       ?        
शिक्षामन्त्रीद्वारा राजीनामाको चेतावनी अनमोलमणि पौडेल(काठमाडौं) संयुक्त सरकारमा हुनुपर्ने सहकार्यको संस्कृतिविपरीत प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रत्येक विषयमा आफनो एकपक्षीय निर्णय लागू गर्न खोजेको भन्दै शिक्षा तथा खेलकुदमन्त्री प्रदीप नेपालले आफू राजीनामाको मनस्थितिमा पुगेको चेतावनी दिनुभएको छ। उहाँले राजीनामा गर्नेबारे आफूले पार्टी सचिव माधवकुमार नेपालसँग प्रस्ताव गरिसकेको जानकारी दिनुभयो। ँप्रधानमन्त्रीको दबाबमा रहेर यस्तो बेथितिको स्थितिमा मन्त्रीको जागिर खाने मनस्थितिमा म छैन’, उहाँले मन्त्रीनिवासमा शनिबार नेपाल समाचारपत्रसँग भन्नुभयो- ँपार्टी अनुमति दिएको १२ घण्टाभित्र म शिक्षामन्त्रीबाट राजीनामा दिन्छु।’ मन्त्री नेपालले मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कहिल्यै उपस्थित नहुने, आफनो व्यक्तिगत निर्ण्र्ाालाद्न खोज्ने तथा हठवादी कार्यशैली अपनाउने गरेकाले मन्त्रीहरूमा असन्तुष्टि शुरू भएको उल्लेख गर्नुभयो। ँउहाँको शैली एकल सरकारको जस्तो छ, मन्त्रिपरिषद्मा कुनै पनि विषयमा छलफल हुँदैन। मन्त्रिपरिषद्को नेतृत्व गर्ने मान्छे कहिल्यै बैठकमा उपस्थित हुनुनपर्ने अचम्मको व्यवहार हामी भोगिरहेका छौं’, उहाँले भन्नुभयो- ँरेस्पोन्स गर्ने नेतृत्व नभएकाले कुनै पनि विषय मन्त्रिपरिषद्मा छलफल गर्नुको अर्थ रहँदैन।’ विगतमा विश्वविद्यालयका उपकुलपति नियुक्तिमा विलम्ब हुँदा पनि पद त्याग्ने चेतावनी दिनुभएका उहाँले प्रधानमन्त्री देशको शिक्षाप्रति गम्भीर नभएको आरोप लगाउनुभयो। नेतृत्वविहीन एक वर्षछि बल्ल उपकुलपति नियुक्ति गरे पनि त्रिभुवन विश्वविद्यालय र पूवाञ्चल विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिस्ट्रारको नाम सिफारिस भइसक्दासमेत नियुक्ति नगरेर अन्योल सिर्जना गरिरहेकोप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो। पदाधिकारी नियुक्तिको माग गर्दै केही विद्यार्थीले त्रिवि उपकुलपति कार्यालयमा तालाबन्दी गरेका छन् भने प्राध्यापकहरू रिले अनशनमा छन्। त्रिवि उपकुलपति प्रा.डा. माधव शर्माले करिब दुइ साताअघि शिक्षाध्यक्षमा प्रा.डा. र्सूयलाल अमात्य र रजिस्ट्रारमा डा. भीमराज अधिकारीको नाम सिफारिस गरिसक्नुभएको छ। पूवाञ्चलमा अढाइ महिनाअघि शिक्षाध्यक्ष र रजिस्ट्रार सिफारिस गरिसकिएको छ। तर अझै नियुक्ति नहुँदा विश्वविद्यालय अझै सुचारु हुन सकेका छैनन्। मन्त्री नेपालले प्रधानमन्त्री कोइरालाको नेतृत्व र कार्यशैलीले अझै १२ वर्षसंविधानसभा निर्वाचन असम्भव रहेको बताउनुभयो। उहाँले प्रधानमन्त्रीको कार्यशैलीप्रति चरम निराशा व्यक्त गर्नुभयो। मन्त्री नेपालले कसैको निर्देशन र लहैलहैमा तालाबन्दी र बन्दमा नउत्रिन विद्यार्थीलाई आग्रह गर्नुभयो। देशका कुनै पनि मुद्दाप्रति प्रधानमन्त्रीको अठोट छैन’ -उहाँले भन्नुभयो। यसअघि प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै नेकपा (माओवादी) का तर्फाट वन तथा भू-संरक्षणमन्त्री बन्नुभएका मातृका यादवले राजीनामा दिनुभएको थियो। प्रधानमन्त्री कोइरालाले उहाँको राजीनामा स्वीकृत गरिसक्नुभएको छ।
Read Full Discussion Thread for this article