Posted by: Rahuldai August 10, 2007
Login in to Rate this Post:
0
?
झिल्के ब्रो अनि अन्य सहभागि सबै मा तारेमाम्।
आज को एपिसोड् हेरें सुनें। सारांशमा भन्नु पर्दा आज प्रशान्त, अमित र इमोन तिनै जनाले बेजोड गाए। दिपालीको नि निकै राम्रो मान्नु पर्दछ, पूजा अंकिता र चाङ् भने आज फिका देखिन्थे।
अब जजहरु पूर्बाग्रही थिए थिएनन् धेरै ले थाहा पाइसके। संगितकार ले भन्दा गीतकारलाई बढी सूरको ज्ञान हुन थाल्यो। शरीरले पुच्छर होइन कि पुच्छरले शरीर हल्लाउन थाल्यो।
हुन त जाबेद साहेबको रचनाको प्रसंशक मध्य म पनि हुं। उनको कलमको ताकत बेजोडको छ। गीत देखि कथा पटकथा सबैमाउत्तिकै दख्खल छ। संगितको पनि न होला भन्न सकिन्न। तर अनु मलिक, उदित नारायण, एलिशाको अगाडि सूर को कुरा गर्दा, नेपाल को मन्त्रीको भाषण जस्तो वा ४ फेल जोगमेहर शिक्षा मन्त्री भा जस्तो लाग्यो।
अब जाबेद साहेबले अंकिता लाई मन पराउनु उनको एक्सन पनि झुकाव हुन सक्छ
।आखिर् जाबेद् साहेब हिन्दी सिनेमाको सदाबहार तथा कीर्तिमानधारी फिलिम "शोले"का कथा-पट्कथाकार् जो हुनु हुन्छ ( सलिम खान्+ जाबेद अख्तर्= सलिम जाबेद)।
जे होस्, हामी सबैको सदभाव र अत्मियताले प्रशान्तको जीत संभव र सहज हुने नै छ। अस्तु!