Posted by: sprakashp August 10, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
मेरो नेपाल शिव प्रकाश (हरैंचा/मोरङ) मेची र काली, सलल् सधैं पवित्र बागमती । अरनि, बुद्ध, भृकुटी, सीता नेपालकै सन्तती ॥ डाडा र पाखा, लाली र गुँरास सुगन्ध सौरभ । सगरमाथा शिखर त्यो सधैं नेपालको गौरव ॥ कोइली गाउछन् मयूर नाच्छन डाँफे र मुनाल । गर्व हो मेरो, स्वर्ग हो मेरो त्यो देश नेपाल ॥ काँधमा हलो, हातमा तिन्को कुटो र कोदाली । पाखुरी खियाइ पसिना बगाइ उकालीओराली ॥ गुन्द्रुक र ढिँडो साग र सिस्नु त्यसैमा रमाई । होस्टेमा हैसे दिदी र बहिनी, नेपाली दाजुभाइ ॥ साहस दिने हौसला दिने मुसुक्क हासेर हिमाल । गर्व हो मेरो, स्वर्ग हो मेरो त्यो देश नेपाल ॥ छाँगा र छहरा झरना ती पहरा प्रकृति सुन्दर । जोस र जाँगर जगाउछन् सधैं नूतन रहर ॥ तराइ, पहाड, लेक र बेंशी, गाउँ र शहर । हिमाल जस्तै कंचन एउटै भावना विचार ॥ छत्तीस वर्ण एउटै छ धर्म वन्धुत्व विशाल ॥ गर्व हो मेरो स्वर्ग हो मेरो त्यो देश नेपाल ॥ गर्व हो मेरो स्वर्ग हो मेरो त्यो देश नेपाल ॥ हाल:बोष्टन/अमेरिका। डिसेम्वर ०७,२००७
Read Full Discussion Thread for this article