Posted by: Birkhe_Maila August 10, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
यो शिरीष गुरु मलाई नि यहि एउटा शेर राम्रो लागेको! :) ल एउटा समसामयीक अनि एउटा प्रेम गजल, उहि तन्नेरिको दा---मी गजलहरुबाट! अर्जुन अन्यौल- निर्धाहरूले बोल्ने बोलीको भाउ छैन नेपाली ढाका टोपी चोलीको भाउ छैन तड्पिन्छ राजधानी पानीको तिर्सनाले पीयूष झैँ पवित्र खोलीको भाउ छैन स्वदेशी सीप जाँगर मर्दैछ हत्केलामा रोइरहेछ डोको सोलीको भाउ छैन भुक्दैछ देशद्रोही छाती फुकाई हिँड्छ मुक्ति निमित्त लड्ने टोलीको भाउ छैन सम्भावना धेरै छन् के को अभाव भन्छौ ? आजै गरौँ मिलेर भोलिको भाउ छैन दर्शन दिनेश- तिमी छ्यौ समीपै र पो जिन्दगानी रसाएर आयो भुलेको जवानी हराए चटक्कै सबै पीर-बेथा बनाएर त्यो केशराशी सिरानी (खै आफुलाई त यो शेर मन पर्यो) छकाएर आँखा जसै दूर भाग्यौ भिजे यी परेली नजानी नजानी बिना त्यो भरोसा म बाँचू कसोरी ? म प्यासी निराशी तिमी पो त पानी । www.tanneri.com
Read Full Discussion Thread for this article