Posted by: Rahuldai August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
पूण्टेदाको समाचार्। बाढी पीडितका लागि सिनेटर साबिनी नेपालीपोष्ट प्रतिनिधि न्यूयोर्क, अगस्ट ८ न्यूयोर्क स्टेट सिनेटर जोन साबिनीले नेपालमा हालै आएको बाढी पहिरोबाट पीडितहरुका लागि रकम संकलन अभियान संचालन गर्ने हुनुभएको छ। नेपाल लगायत दक्षिण एशियाली राष्ट्रहरुमा हालै आएको बाढीबाट बिस्थापित भएकाहरुलाई सहयोग गर्ने आफ्नो लक्ष्यबारे जानकारी दिने उद्देश्यले बुधबार ज्याक्सन हाईट्सस्थीत ३७ ऎभेन्यूमा आयोजित एक पत्रकार सम्मेलनमा सिनेटर साबिनीले आफू सधै आप्रबासीहरुको पक्षमा उभिदै आएकाले आप्रबासीहरुको देशमा पर्ने आपत बिपदका लागि पनि आफू सहयोग गर्न सधैं तत्पर रहेको बताउनु भयो। उहांले बिभिन्न देशका बाढी पहिरोबाट पीडितहरुका छुट्टा छुट्टै "फण्ड राईजिंग" कार्यक्रमहरुको घोषणा गर्दै आफ्नो अभियानलाई सघाउन सबैलाई अनुरोध गर्नु भयो। आज घोषित कार्यक्रमका अनुसार सिनेटर साबिनीले नेपाली बाढी पीडितहरुका यही अगस्त २६ तारिख आईतबार दिउंसो ३ बजे क्वीन्स बुलेभार्ड ,३९ स्ट्रीट्स्थीत टांगरा मसाला रेषटूरेण्ट्मा आयोजना हुने "फण्ड राईजिंग लन्च" कार्यक्रममा भाग लिनुहुनेछ। ऊंहांले सो दिन उक्त रेष्टुरेण्ट्मा भेला हुन सबै नेपालीहरुलाई आव्हान पनि गर्नु भयो। सो अवसरमा नेपाली समुदायका तर्फबाट पत्रकार सुजित ढकालले नेपालमा बाढीको स्थितीबारे जानकारी गराउनु भएको थियो। न्यूयोर्क नेपाली टाईम्स लगायत न्यूयोर्कस्थीत नेपाली संघ संस्थाहरुको सहयोगमा एलायन्स फर डेमोक्रेसी एण्ड ह्यूमन राईट्स ईन नेपालले आयोजना गर्ने सो "फण्ड राईजिंग" कार्यक्रमबाट उठेको रकम रेड्क्रस मार्फत बाढी पहिरो पीडितहरुका खर्च गरिने छ। यसैबिच एलायन्स फर डेमोक्रेसी एण्ड ह्यूमन राईट्स ईन नेपालका अध्यक्ष अनिल शाहीले पनि आपसी किचलोका बावजूद आपद बिपद पर्दा एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नुपर्ने बताउदैं अगस्त २६ तारिखका दिन सिनेटर साबिनीसंग दिऊसोको खाना खाई रकम संकलन अभियान कार्यक्रम सफल तुल्याउन सबै न्यूयोर्कर नेपालीहरुलाइ आव्हान गर्नुभएको छ। आज घोषित "फण्ड राईजिंग" कार्यक्रमहरु भारतीय र बंगलादेशी समुदाय पनि आयोजना गरिने जानकारी पत्रकार सम्मेलनमा दिईएको थियो।
Read Full Discussion Thread for this article