Posted by: Poonte August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
न हाँस्न मन छ, न रुन नै सक्छु। हुन त आज जस्ता कुईया दिनहरुले पहिले पनि सताए कै थिए होलान्, तर हरेक पटक यसपलि नै पहिलो हो जस्तो लाग्छ। न कसैको सहानुभूतिले केई नाप्न सक्छ, तर आफ्नो प्यारो चौतारी न हो, आफ्नै "परिवार" संग गुनासो पोख्दा अलिक हलुको होला कि पिडा? हाम्रो संस्था "Alliance for Democracy & Human Rights in Nepal" ले यहीं न्यू योर्कको एक लोकल सेनेटरसंग मिलेर नेपालमा बाडी पिडितहरुका निम्ति सहयोग उठाउन आउँदो २६ तारीख "फन्ड रेजिङ् डिनर" आयोजना गर्ने भएका थियौं। अनि, हाम्रो सानो नेपाली संस्थाको दम त के हुन्थ्यो, त्यही सिनेटरको अफिसको कडा कडी दम लगाएर उक्त भोजको घोषणा गर्ने कर्ममा आजे यहाँको लोकल मिडियाहरुसंग प्रेस कन्फरेन्स पनि थियो। गएको २-४ दिन यसमा खूब लागि प-या थिएं, अनि हाम्रो संस्थाको अध्यक्षको नाताले मलाई पनि केहि बोल्न भनेका थिए। रमाउँदै बिहान तेता तिर लाग्दै थिएं... आज बिहानै देखि यहाँ हात्ती सुँढे, मुसलधारे पानी परेको तियो, अनि ठाउँ ठाउँमा पानी जमेर बाटोहरु ब्लक भएका रहेछन्। एक ठाउँमा आफ्नै अगाडी निकै पानी जमेर सानो तिनो ताल नै बनेको रहेछ। ५-७ वटा अरु मटरहरु बिचैमा फसेर बसेका पनि थिए। आफूलाई के गरौं, के गरौं भो। यतिकै बिचल्लीमा परि रहेको थिएं, एउटा अर्को मटर दाँया तिर बाट सुरुरु गयो। बाँयातिर मत्ृ फसेका थिए अरु मटरहरु। सोंचें, दाँयातिर सेफ नै होला, र हुईंकाएं। बिचैमा गएर मटर त ठ्याप्पै! ढोकाका कापहरुबाट पानी छिर्न थाल्यो, सिटको लेभल सम्म आयो। के गर्नु? झ्याल बाट बाहिर निस्कें। कमर मुनि सब पानी मुनि। ५-७ वटा फसेका हरु मिलेर एक एक मटरलाई ठेल्दै पानी बाट अलिक माथि उतारियो। तर, मटर स्टार्ट ने भएन। टो टृक बोलायम्, डेढ घण्टा कुरियो। यतिन्जेल सिनेटरको सेक्रेटेरीलाई फोन गरेर समस्या भनें। धन्न, एक जना नेपाली पत्रकार भाई समाचार लिन भनेर पुगेका रहेछन्। मेरो भाषणको कपि सिनेटरको सेक्रेटरीसंग थियो, र त्यही कपि त्यो नेपाली भाईलाई पढ्न लाईदेऊ भनेर कुरो मिलाएं। गराज पुगियो, मरे पनि बनाउन सकेनन्। घटिमा २-३ घण्टा लाग्ने रे। घर फर्किम्, बाडीले सब्वेहरु पनि सबै बन्द। पानी रोकेर फेरि ब्रम्हाण्डै पठ्कन ला' झैं गर्मि चर्क्या थियो। भोक र प्यासले हुरुक्क हुँदै गर्मिमा भौंतारिंदै ३० मिनेटको दुरीमा खाना खान गएं, खाएर त्यसते दुर्गति भोग्दै फर्कें। भन्छन्, स्टार्ट त भयो, तर नराम्रो आवाज आई रहेछ, शायद ईन्जिन नै खतम भयो होला। डिलर कहाँ नै लिइर जाऊ रे। डिलर कहाँ शुक्रबार नभए सम्म हाम्लाई घुसाउने चान्स छैन रे। घुसाउन पाए पनि, ईन्जिन ने फेर्न पर्ने हो भने घटिमा ६ जहार डलर लाग्छ रे। २००७ सालको नयाँ मटर। बिहना ४ बजे देखि उठेर हिंड्या आफू, ५ बजे तिर मटर गराज मै थन्काएर घर फर्कने बेलाँ फेरि सब्वे छैन। उफफफफफफफफफफफफफफ! ३०-४० मिनेट हिंडेर, दुई ठाउँमा बस फेरेर, फेरि २५ मिनेट हिंसेर बल्ल आई पुगियो। टेन्सन छ, पर्सि डिलरले के भन्नि हो। पसिनाले निथ्रुक्क भिजेछु। स्नान गरेर, ५ पेक कोन्याक घोकेर, सुतिम् अब। आऽऽऽऽऽऽऽऽ त्यो रात्री भोज को नि जे सुकै होस् -- फोन गरेका थिए रेड क्रस वालाले (चन्दा उठाएर उनेरुलाई दिने सुरमा छौं)। उठाउनै मन लागेन। भोलि पर्सि कस्तो जाँगर चल्छ, हेरुम्ला, तर आजलाई त...हे भगवान!...जो सुकैले जे सुकै भनोस्, संसारमा कसैको वास्ता गरेछु भने मरिजाम्!
Read Full Discussion Thread for this article