Posted by: Gautam B. August 5, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
ल चिप्ले ब्रो, मेरो पनि धेरै-धेरै शुभकामना छ जन्मदिनको उपलक्षमा! भाग्य सधैं अगाडि र उज्यालोतिर तिब्र गतिमा चिप्लिरहोस्, कतै कुनै 'ब्रेक' नलागोस्! ए राता मकै! हाम्ले केक कति खानु?! हिजोको केकको डकार अझै आउँदैछ! चौतारीले डाँडाकाँडा ढाकेछ साँच्चै गाँठे! एकै महिनामा गोटा चारएक गाम्लेजतिका जन्मदिन पर्न थाले बा! अनि जदौ जिम्माल र माइली! के छ हालखबर? माइलीको गीतले एउटा गीतको टुक्रो याद आयो मलाई। एउटा बहुत रमाइलो साथी छ मेरो, (अहिले अउँरिकाको कतातिर अन्मरिया'छ बज्जे, मेलको जवाफ मरे दिँदैन!) बिजुलीपानी चढाए 'सी खुब गाम्थ्यो यस्ता गीत। अहिले मैले सम्झेको चाहिँ यस्तो छ; पानी मुनि भूँ गर्नी भमरो इफ यू लभ मी, आई विल कम टुमरो मिटिङ बेटर ए माया नसके पठाउ लेटर!
Read Full Discussion Thread for this article