Posted by: Birkhe_Maila August 3, 2007
Login in to Rate this Post:
0
?
भगवतीको उत्पत्तिले सम्पुर्ण देश अचम्ममा!
भर्खरै प्राप्त समाचार अनुसार, जुन कुरा हामिले केवल पौणारिक कथामा मात्र सुन्दै आएका थियौँ उक्त कुरा सत्य साबित भएको छ। चौतारी देशको एक गाउँमा साक्षात भगवति उत्पन्न भएको समाचार प्राप्त हुना साथ हाम्रा सम्वाददाता उक्त स्थलमा पुगेका थिए। असंख्या भक्तजन हरुको अपार भिड लागेको उक्त पावन भुमिमा भुइँमा खुट्टा राख्ने स्थान सम्म पाउन निकै मुश्किल परेको थियो हाम्रा सम्वाददातालाई। मानिसहरु भगवतिको दर्शनको लागि तँछाडमछाड गर्दै एक आपसमा खात लाग्दै भुइँमा लड्दै थिए। बलिया बाङ्गाहरु भगवति राखिएको स्थल सम्म पुग्न सफल भएका तिए भने अलि कमजोर भक्तजन हरु पर नै बसेर भगवतिको प्रतिक गोरखकालि टायमा धुप र अक्षता चढाउँदै पुजा गरिरहेका थिए। पावन भुमिको बिचमा मख्ख पर्दै :D गरेर बसिरहेकि भगवतिलाई हेर्नेहारुको घुईचो देखेर हाम्रो चौतारी गाउँका केहि बिशिष्ट व्यक्तिहरु आ-आफ्नो काम गर्दै थिए। ठुल्नानि भिडमा आएका बच्चाहरुलाई तोते बोलि बोल्दै फकाउँदै लाइनमा राख्दै थिइन भने सान्नानी भगवति कसरि उत्पन्न भइन भनेर सबैलाई ल्यामिनार फ्लोमा कथा सुनाउन व्यस्त थिइन्। कुमलवा र मदनवा भने ठेलामा चटपटे राखेर सम्पुर्ण भक्तजनहरुको भोक र तिर्खा मेटाउनमा व्यस्त थिए। अचानक उत्पत्ति भएको भगवतिलाई आफ्नि अगाडि ईखीँखीँखिँ गरेको देखेर ठुल्दाईको मुख बाट केवल र केवल तारेमाम् तारेमाम मात्र निस्कि राखेको थियो तर उनले भन्न चाहिँ त्राहिमाम खोजेका थिए। यो खबर सुनेर फलाम उचाल्दै गरेका पुन्टे दाईको हात बाट अचानक फलाम खस्न पुगेको थियो र भगवति दर्शन गर्न जाने हतारमा उनले विग लगाउन पनि बिर्सेका थिए। अचानक भगवतिको साक्षात रुप देखेर सुध्रिसकेको भउतेलाई पुन: पहिलेकै बिग्रने रोग लाग्न थाले पछि रिट्ठे र पर्वतेको सहायताले पानी खुवाइ अस्पताल तर्फ चलान घरिएको थियो। पावन भुमिमा बसेर आनन्दले पुस्टकारी इन्जवाइ गरिराखेकि भगवतीबाट आएको प्रकाश पुन्टे दाईलो तालुमा टल्केर आँखामा पर्दा नेप्चि र माष्टरनी नानिलाई चस्मा लगाउन पर्ने भएको थियो। आफुले खाजा खान सुरु गरेका चतुरेकाइँलाले भगवति उत्पन्न हुना साथ उक्त चना भगवतिलाई चढाउनको निम्ति छाक छोडेका थिए।
भगवति उत्पन्न भएपछिका अन्य अन्योलहरु के के थिए?
कस कसले के के वरदान पाए?
भगवतिले के बोलिन?
के अब संसारमा धर्मको उदय भएकै हो त?
भगवतिको भनाइ के छ?
यि सबै प्रश्नहरुको उत्तरको लागि हामिले साक्षात भगवति संग नै अन्तरवार्ता लिने मौका पाएका थियौँ। केहि समय पछि हामि बिश्व इतिहासमा नै पहिलो पटक भएको भगवति संगको अन्तरवार्ता प्रस्तुत गर्ने छौँ।
नमस्कार!