Posted by: Rahuldai August 2, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
हिजो को रिसिपीको नाम नै हतारमा कतार गए जस्तो गोलमाल भए छ। लोहचा मरी हुनु पर्ने ठाउंमा गुलिमरी हुन गएकोमा क्षमा दिनु भै संशोधन सहित पढेर, ट्राइ मार्नुस्। यो परिकार सङ ठुलदाई को कारुणिक कथा जोडिएको छ। त्यो सके आजै लेखौला। सस्तो मिठो सजिलो स्वादिलो लोहचा बनाउने तरिका। ***************************************** १-आधा आटा र आधा मैदा मिसाउने। २- स्वाद अनुसारको नून र अलिकति जिराको धुलो मिसाउने। ३- बिस्तारै पानी हाल्दै, मन मनै गीत सुसेल्दै मुछ्ने। ४- मुछेर ठिक्क पारेको पीठोलाई डल्ला डल्ला बनाउने तर हल्ला नगर्ने। ५-डल्लालाई फनेल वा cone को आकार् दिने। ६- coneको बेस लाई औजार प्रयोग गरी व न गरी खोक्रो बनाउने ( भित्रको पीठो झिक्ने) ७- अब यसरि बनेको गुलिमरि लाई नन स्टिकि प्यान वा स्टिकि प्यानमा हाल्ने। ८- हाल्नु अगाडि तेल हाल्ने र प्यानको सम्थर भागमा समानरुपम फिजाउने ९-हाल्दा एक अर्को लाई आलिङन हुन न दिने। ( लभ पर्यो भने बर्बाद) १०- स्टोभमा दम दिने, आगो अलि कम गर्ने। ११- गुलिमरि को बेस अलि डढे जस्तो हुने गरि तताउने( ड्ढाउने होइन नि फेरि) १२- अब त्यसमा गुलिमरि आधा डुब्ने गरि पानी हाल्ने। १३- ढक्कनले छोप्ने। १४- पानी जब सुक्यो, गुलिमरि पाक्यो। १५- अलिकति चिस्याउने,छरछिमेकिलाई हिस्याउने। १६-अचार, चिया पानी संग मज्जाले खाने आशा छ यो रोटि धोतिको इड्ली, उथप्पम् र देशि Pritzer भन्दा जाति हुन्छ र सधै खाने गरे २२ इन्च बाट् बढेर ३६ इन्छको छाति हुन्छ। तारेमाम्।
Read Full Discussion Thread for this article