Posted by: Rahuldai August 1, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
सस्तो मिठो सजिलो स्वादिलो गुलिमरी बनाउने तरिका। ***************************************** १-आधा आटा र आधा मैदा मिसाउने। २- स्वाद अनुसारको नून र अलिकति जिराको धुलो मिसाउने। ३- बिस्तारै पानी हाल्दै, मन मनै गीत सुसेल्दै मुछ्ने। ४- मुछेर ठिक्क पारेको पीठोलाई डल्ला डल्ला बनाउने तर हल्ला नगर्ने। ५-डल्लालाई फनेल वा cone को आकार् दिने। ६- coneको बेस लाई औजार प्रयोग गरी व न गरी खोक्रो बनाउने ( भित्रको पीठो झिक्ने) ७- अब यसरि बनेको गुलिमरि लाई नन स्टिकि प्यान वा स्टिकि प्यानमा हाल्ने। ८- हाल्नु अगाडि तेल हाल्ने र प्यानको सम्थर भागमा समानरुपम फिजाउने ९-हाल्दा एक अर्को लाई आलिङन हुन न दिने। ( लभ पर्यो भने बर्बाद) १०- स्टोभमा दम दिने, आगो अलि कम गर्ने। ११- गुलिमरि को बेस अलि डढे जस्तो हुने गरि तताउने( ड्ढाउने होइन नि फेरि) १२- अब त्यसमा गुलिमरि आधा डुब्ने गरि पानी हाल्ने। १३- ढक्कनले छोप्ने। १४- पानी जब सुक्यो, गुलिमरि पाक्यो। १५- अलिकति चिस्याउने,छरछिमेकिलाई हिस्याउने। १६-अचार, चिया पानी संग मज्जाले खाने आशा छ यो रोटि धोतिको इड्ली, उथप्पम् र देशि Pritzer भन्दा जाति हुन्छ र सधै खाने गरे २२ इन्च बाट् बढेर ३६ इन्छको छाति हुन्छ। तारेमाम्।
Read Full Discussion Thread for this article