Posted by: PallaGhareAntare July 31, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
चौतारी को रमाईलो हेर्दै दिन बित्ने भो, महाराज र भारदार मेसो पाउनै गाह्रो भो। भगुतेन्द्र महाराज बिर्खेन्द्र राजा, दुवै रैछन कुमार ब्रम्हचर्य ले सताका। बडा भारदार पुन्टे बिक्रम सार्है रैछन् छट्टु, अधिराजकुमारी जत्ति सप्पै यीनकै कुराँ लट्टु। केहि गरी गर्न नदिनी बिर्खेन्द्र राजालाइ बिहे, निकालेछन् जुक्ति यीनले महाराज लाई जाहेरी दिए। बँदेल् का साँप्रा र तिनपाने को भेटि, भगुतेन्द्र महाराज् लाई के चाइयो र के खोज्थे यीन्ले बिर्खेन्द्र लाइ केटि। काजी हैनन बाजी हुन भन्दै उफ्रे राहुलभाइ, रैथाने मरुटोले काजी हुँ चेतावनी दिए सप्पै लाइ। अरु काजी कजीनी निर्क्योल् गरे सबैले, महाराज भगुतेन्द्रलाई सप्रिन दिन हुन्न कसैले। आफु परियो पहरे “खबरदार् को हो?” भन्नि हो, कहिले हुनी चौतरीया यीन्कै रमिता हेर्दै बित्नि भो।
Read Full Discussion Thread for this article