Posted by: gwanche July 31, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
हन ६५ पो, ६४ नै होला भन्ने सोचिरा'थे, कस्तो जोस-जाँगर हो हँ गाम्लेहरुको। यस्सो चियाउने मौका मिल्दा चौतारी त काँ'ट काँ पुगिसक्ने गाँठे, फेरी सान बुढाले नि कैले कस्तो कैले कस्ती झाँकी देखाँछन! यसपाली नि हरी सोल्टी नै फस भे छ, चौतारीको जग बसाउन, इँटा, ढुङ्गा बोक्ने, मसला बनाउने आदी इत्यादी पो को को परे कुन्नी? न मय दानबले जस्तै सबै काम आँफैले पो गर्‍या हो कि, के जान्न्नु। जे होस् असल काम गरेउ बन्धु, तनले जुरा'को, मनले चिता'को, धनले बोला'को सबै कुरा पुगोस। अरु त हैन धनले बोला'को बढी नै भो भने विकइन्डाँ जम्ने पिलान नि सँधै बनोस। सबैलाई नमस्ते,तपाइहरुको मंगलबार मंगलमय होस्!
Read Full Discussion Thread for this article