Posted by: Birkhe_Maila July 30, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
श्री चौतारी महाराज भगुतेन्द्र विक्रम की, जय! श्री चौतारी महाराज भगुतेन्द्र विक्रम की, जय!! श्री चौतारी महाराज भगुतेन्द्र विक्रम की, जय!!! श्री चौतारी महाराज भगुतेन्द्र विक्रमका हजूरमा, भ्राता सरकार! हाम्रो मुलुकमा पटक पटक आइपर्ने संकट, प्रतिकुल परिस्थिती र षडयन्त्रहरुबाट सरकार परिचित होइबक्छन्छ नै। सरकार मुलुकको हितको लागि सुध्रिबक्सने प्रण गरिबक्सेको कुरा सरकार द्वारा जबदेखि हुकुम भयो, त्यहि घडि देखि नै शत्रु र दुष्मन बनेका बिभिषणहरुले कुटिल षडयन्त्र चाल्दै आएको कुरा मौसुफका हजुरमा चढाउन चाहिबक्सेका छौँ। जो हुकूम! सरकार! सरकारलाई बिधितै होला हाम्रा बडागुरु गोतामे, काजि हरिबहादुर, काजि राहुलभाइ, श्रेष्ठ काजि चना बहादुर, भारदार चिप्लबिक्रम, हामि स्वयँ र सरकार स्वयँको को समुपस्थितीमा पुन्टेबिक्रमलाई बडा भारदार नियुक्त गरिबक्सेका थियौँ। उक्त मिति देखि वर्तमानोपरान्त सम्म बडा भारदारबाट पटक पटक हाम्रो हाम्रि बडामहारानि खोज्ने प्रकृयामा बाधा अड्चन र षडयन्त्र बुन्ने कार्य भएको तथ्य मौसुफका पाउमा चढाउन चाहिबक्सेका छौँ। सरकार जो हुकूम! राज्यको अखण्डता,सार्वभौमिकता, र हामि र हाम्रा पुर्खाले बर्षौँ देखि आर्जेका हाम्रो राजमुकुटमा नै संकट ल्याउने हाम्रा बडाभारदारको उक्त नृषंस कार्ज्य को नालिबेली हामिले सरकार समक्ष टक्र्याउन चाहिबक्सेका छौँ! सरकार! सरकारलाई बिदितै होला पल्लो राज्यकी शाहज्याजी जिम्माल्नि राज्य लक्ष्मी संगको हाम्रो संभावित शुभविवाह हाम्रा बडागुरुज्यु गोतामे समेतको सहमति, अनुकुलता र सहयोगमा तय भएको थियो। उक्त सम्बन्धको बारेमा हामि अत्यन्तै रोमान्चित् होइबक्सेको कुरा समपुर्ण मुलुकलाई जानकारि भएको र यसमा हाम्रा प्रजाको समर्थन रहेको कुरा मौसुफलाई बिदितै होला! उक्त शुभघडि आउन नदिन हाम्रा बडाभारदारबाट अनेकन कुटिल चाल चालिन गएको कारणले आजपोरान्त हामि कुमार नै रहिबक्सेको दुखद तथ्य सरकार समक्ष पेश गरिबक्सेका छौ! सरकार स्वयँ पनि कुमारै होइबक्सेकोले हामिलाई परेको पिडा सरकारले बुझिबक्सिन्छ भन्ने ठुलो आशा हामिले गरिबक्सेका छौँ! सरकार! चन्द्र सुर्य रहे सम्म, त्रिशुलीमा पानी बगे सम्म, मेचि र महाकालि सुसाए सम्म हामि, हाम्रो मुलुक र हाम्रा प्रजा प्रति वफादार रहिबक्सने प्रण हामि आज पुन: दोहोर्याउन चाहिबक्सन्छौँ! हामि प्रति अत्यन्त प्रेम, सद्भाव र आदर राख्ने हाम्रा युबराज्ञिहरु, तितौरी राज्य लक्ष्मी, पिरती राज्य लक्ष्मी तथा ठुल्नानि राज्यलक्ष्मि हरु समेतलाई बिभिन्न प्रलोभन, लोभ र हाँसो देखाइ, मुख च्यातेर कान सम्म ल्याइदिएर हाम्रा बडाभारदारले हामि र सरकार स्वयँ बिरुद्ध कुटिल षडयन्त्र रचेको तथ्य हामि सरकार समक्ष टक्र्याउन चाहिबक्सन्छौँ! सरकार! हाम्रा केहि औँलाले गन्न मिल्ने राजपरिवारका सदस्य र केहि मुठ्ठिभर भारदारहरु बाहेक हाम्रा काजि हरिबहादुर, काजि कुमलबहादुर लगायत सम्पुर्ण चौतारी राज्य हाम्रै पक्षमा रहेको व्यहोरा पनि मौसुफ समक्ष पेश गर्न चाहन्छु। सरकार! हाम्रो बित्दै गरेको जवानि र चौतारी राज्यको राजमुकुटलाई अनन्त सम्म कायम राख्न, हाम्रो शुभविवाह हाम्रो लागि मात्र हैन सम्पुर्ण राज्यको लागि अपरिहार्य रहेको तथ्य मौसुफमा राख्दै हामि हाम्रा बदाभारदारलाई राजद्रोहको मुद्दा लगाइबक्सन भ्राता सरकारलाई प्रार्थना गरिबक्सन्छौँ! सरकारको यस महान निश्कर्षले हामि र हाम्रा पुर्खाले आर्जेको चौतारी राज्यको राजमुकुट अनन्त सम्म रहिरहने बिश्वास पनि हामिले राखि बक्सेका छौँ! सरकार जो हुकूम, जो निगाह हजुरका भ्राता बिर्खेन्द्र।
Read Full Discussion Thread for this article