Posted by: Gautam B. July 30, 2007
Login in to Rate this Post:
0
?
हा हा हा! हि हि हि!! हे राम! के देख्नुप-यो यस्तो! के काल जमाना आयो यस्तो! हा हा ह! मरें हाँसेर! ए राता मकै!!
धेरै भ’ अड्डाँ गुम्सेर बसेको, आज चौतारी ग’र फिरे----श हुनुपरो भनेर उकालो लागियो के रे है। चौतारीमा पुगेको के थें, “नमस्ते गौतमजी, आराम छ हजुरलाई ?” भनेर बोल्यो कल्ले पछाडि’ट। हैन के उल्का-भामरी भयो हाम्रो गाममा र यस्ता बोल्ने मुन्छे पनि देखिन थालेछन् भनेर तीन छकको के कुरा गर्छौ पातकी हो, तीस छक परें म त गाँठे! फेरि मनमनै चैं ‘यो गोताएँका ‘नि दिन आ’चन्, इज्जत पाउन थालेछ यल्ले पनि!’ भनेर दंग है!
“होइन हउरले मलाई चिन्नुभएन भन्या? म भगुतराम।“ त्यो मान्छे मेरै सामुन्ने आयो। मेरा आँखा तिर्मिराए गाँठे! दुईबाजी आफैंलाई नचिमोटी विश्वाश लागेन।
“हैन किन छँटाका यसरी तिमी? के भ?! बहुलायौ कि क्या हो?!” भउते पातकी र’छ!
कमिज-सुरुवाल-आष्कोट ला’को, त्याँ माथि भादगाउँले कालो टोपी ‘नि छड्के पारेर ढल्कार ला’को। पटुका पनि कसेको र’छ, पटुकाँ किताप पनि घुसारेको र’छ।
“म त सप्रिएँ नि गौतमजी!” भन्छ के रे फेरि!
“हा हा हा !! किन नाटक गर्छौ तिमी?! बहुलाहा भन्लान् है सबेले होश गर!”
“हैन हेर्नुस् गौतमजी, जल्ले जे भने ‘नि म नसप्री छोड्दिन!”
“अनि त्यो किताप के नि?” सकिएन अब यो संग भनेर पटुकाँ बाँध्या कितापतिर देखा’र सोधें।
“यो----यो---यो---- राम्याण!”
“काम नपा’र राम्याण त्यति सानु हुन्छ?! खोई लेउ त के हो हेरुम्!” मैले पनि थुतें बज्जेको किताप! भुत्राको राम्याण हुन्थ्यो, बसपार्कतिर पाईनी किताप र’छ। त्यै मौकाँ यस्सो आष्कोटको खल्तीतिर पनि चियाएको है, एउटा बाहुन पोको पनि देखियो।
“गाम्लेलाई उल्लू बनाउन आँट्या छौ? बसपार्कका किताब पढ्नी, बाख्रा चराउन जाँदा बाहुन पोको तन्काउनी, अनि गाममा चाहिँ सप्रें भन्नी?---!
“नकरा गोताएँ-----!” भनेर भउते भाग्यो पाखातिर तेसपछि।
यो भउते सप्र्या चाहिँ हैन है। कुन केटीलाई पट्याउन सप्रेजस्तो ग-या मात्रै हो। कता आँखा ला'र म-या छ फेरि अचेल!
तर गाममा ठूलै रोगचैं आ’कै हो जस्तो छ। पुण्टे दाइलाई बोउसी चढेर जतिखेर ‘नि म जंगबहादुरको पुरेत हुँ भन्न थाल्या र’छन्! राम राम राम! गज्जबका मान्छे हुन् यिनी त, के गरी बौलाएछन् हँ? राँची लानी बेबस्ता गर्नु परो!